Author: महेन्द्रनगर पोष्ट

बझाङ- बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पीडितका बाबु सँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ । चाउचाउ किनिदिएपछि बालिकालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर बलात्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला…

Read More

दार्चुला – नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज गणेशसिह ठगुन्नाको जिल्लाभरी दौडधुप चलेको छ । स्थानीय तह निर्वाचन आउने दिन नजिकिदै गर्दा ठगुन्नाको दौडधुप चलेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि संघीय सांसद समेत रहनुभएका ठगुन्नाको दौडधुप सुरु भएको हो । महाकाली नगरपालिकाको पौनेखोलाबाट सुरु भएको ठगुन्नाको दौडधुप मंगलबार मालिकार्जुन पुगेको छ । सोमबार नौगाड गाउँपालिकाको चुनावी आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रम सकि ठगुन्ना मंगलबार मालिकार्जुन पुग्नुभएको छ । उहाँले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र २ का कार्यकर्ता भेटघाट गरि मालिकार्जुन ८ स्थित एमाले मालिकार्जुनको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्नुभएको छ ।…

Read More

नवलपरासी (पश्चिम) – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाण्डौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई सफल बनाउनको लागि विभिन्न कार्य सम्पन्न गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले वैशाख १५ गते बिहीबार देखि विभिन्न कार्यमा सम्पन्न गरेको हो । आयोगले वैशाख १५ गतेबाट गरेको मुख्य गतिविधि यस प्रकारका छन् । हेर्नुहोस प्रेस विज्ञप्ति:

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ पीसीआर तथा १ हजार ५९० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्धति मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई निर्देशन दिएका छन् । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । वित्तीय अनुशासन कायम गर्न/गराउन लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण छ,’ अर्थमन्त्री शर्माले भने, ‘लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाब-किताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्छ ।’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उक्त अवसरमा सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक कत्ति पनि विमुख…

Read More

गोरखा – गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएकाे भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’ सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयाेग गरेकाे आराेपसहित माैखिक उजुरी परेकाे बरालले जानकारी दिए ।

Read More

एजेन्सी – चीनको शंघाई केयर होमका एक वृद्ध बिरामीलाई मृत ठानेर त्यहाँका कर्मचारीले उनको शरीरलाई प्याक गरेर अन्तिम संस्कारका लागि पठाएको घटना सार्वजनिक भएको छ । शवगृहका दुई कर्मचारीले वृद्धालाई अन्तिम संस्कारका लागि गाडीबाट बाहिर निकाल्ने क्रममा उनी जीवित नै भएको थाहा पाए । कर्मचारीले ती वृद्धा जीवित नै भएको जानकारी अन्य कर्मचारीलाई दिएपछि उनलाई अस्पताल पठाइएको छ । घटना सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्रशासनले केयर होमका चार अधिकारीलाई जागिरबाट निकालेको छ । यो घटनाले चिनियाँ सोसल मिडियामा आक्रोशको माहौल पैदा भएको छ । शंघाई जिल्लाको पुटुओ शहरका अधिकारीले सोमबार अबेर राती यो घटनाको पुष्टि गरेका छन् । उनले बिरामीलाई…

Read More

हेटौंडा – पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख गरिएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मत बदर हुने सम्भावनालाई मध्यनजर गर्दै विचार पुर्‍याएर मतदान गर्न आग्रह गरेको छ । आयोगका मत बदर हुने अवस्था यसप्रकार छ– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सब्केत गरिएको,– मत सब्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत सब्केत गरिएको,– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सब्केत गरिएको,– कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सब्केत नगरिएको,– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत…

Read More