Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अर्थ मन्त्रालयले ५ जना सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सहसचिवविरुद्ध मुद्दा दायरबाट गरेको थियो। सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो। अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

Read More

काठमाडौं : निर्माणको ठेक्का लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने डेढ दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका ठेकेदारहरुमा अमर–उदय सागर जेभी, शोभा विल्डर्स एण्ड सप्लायर्स प्रालि, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि, सुप्रभात निर्माण सेवा, समृद्धि यशहश्वी कन्स्ट्रक्सन प्रालि, देउती कन्स्ट्रक्सन प्रालि, राजधानी कन्स्ट्रक्सन छन् । यस्तै, न्यून कालिका निर्माण सेवा, युसक कन्स्ट्रक्सन, भुमा निर्माण सेवा, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, आत्रेय÷शिवाको÷बस्नेत जेभी, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बुढाथोकी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बिभोर निर्माण सेवा, एमडी ब्रो कन्स्ट्रक्सन प्रालि, नेपाल भूमि कन्स्ट्रक्सन कम्पनी प्रालि र मान्यता निर्माण…

Read More

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८१’ बहुमतले पारित भएको घोषणा गरे ।  गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट तर्जुमामा केही कमजोरी रहेको स्वीकार गर्दै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए। उनले अर्थमन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री रघुवीर महासेठ र शहरी विकासमन्त्री धनबहादुर बुढालाई…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको बताएका छन् । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताए। प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकार नेपाल भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ।’ आफूले भारत भ्रमणका क्रममा नेपाल भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया आएको प्रधानमन्त्री प्रचण्डले बताए ।…

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय राष्ट्रिय अनुसन्धान विभाग चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने । तर विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए…

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए। परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम…

Read More

धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भिड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो। कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीनवटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए। उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए। उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ। बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भिड नगर्न आग्रह गरे।…

Read More

काठमाडौँ : भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो ।  पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए ।  पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

Read More

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ३३ वर्षीय ओमजंग शाहलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदका अनुसार शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको हो। श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। शाहलाई सोमबार नै नेपालगञ्जबाट इलाका प्रहरी कार्यालय सुखड ल्याई हिरासतमा राखिएको छ।

Read More

अत्तरिया- कैलालीमा लागुऔषधसहित डडेल्धुराका २ जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका-६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका-२ कुस्माली बस्ने २१ वर्षका ललित ऐर र १६ वर्षीय किशोर सोमबार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललितको साथबाट १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई उनीहरु सवार एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताएको छ ।

Read More