Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक का हुन्। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो। चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक गरेको हो। प्रदेश सरकारले ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड पुँजीगत बजेट सार्वजनिक गरेको छ। कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एक डीआईजीले मदिरा सेवन गरी आफैंले रमाइलो गरेको भिडिओ सार्वजनिक गरेको विषय खुलेको छ। केही दिनदेखि अगाडि डीआईजी दुर्गाप्रसाद भट्टराईको भिडिओ प्रकरणले चर्चा पाएको हो। उनी सुर्खेतबाट कर्णाली प्रदेश हेर्ने डीआइजी हुन्। उनको क्वार्टरमै ‘मदिरा पार्टी’ र नाचगानसहितको भिडिओ सार्वजनिक भएपछि चर्चा चुलिएको हो। भिडिओमा भट्टराईले मदिरा अगाडि राखेर मादल ठोक्दै मस्तसँग नचाएको देखिन्छ। सो भिडिओले संगठनभित्र र बाहिर तहल्का मच्चाएको बताइन्छ। उनी आफैंले केही दिनअघि फेसबुकमा ‘मदिरा पार्टी’को भिडिओ सार्वजनिक गरेका थिए। भिडियोमा उनीसहित केही व्यक्ति ग्लास अगाडि राखेर नाचेका छन् भने कोही ताली पिटिरहेका देखिएका थिए। हेडक्वार्टर स्रोतले भने उनले आफ्ना आफन्तलाई बोलाएर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो । सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुहुने छ । चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याउँदैछ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको बताए । ‘‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा सञ्चालित १० दिवसीय विपश्यना ध्यान शिविर सम्पन्न भएको छ । आईजीपी कुँवरको उक्त केन्द्रको अवलोकन समेत गरेका हुन् । कार्यक्रममा आईजीपी कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्चात् आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई दिएकोमा नेपाल विपश्यना केन्द्र लाई धन्यवाद दिए । आईजीपी कुँवरले नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताए । साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जागृत हुन सफल भएको विश्वास उनले व्यक्त गरे । आईजीपी कुँवरले प्रहरीको…

Read More

धनगढीः लागूऔषध सेवन गरिरहेका बेला धनगढीका ३ युवक पक्राउ परेका छन्। लागूऔषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय भुवन बम, धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय नविन चौधरी र २९ वर्षीय बलभुत राना पक्राउ परेका हुन्। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट तीनै जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। साथै उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)समेत फेला परेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा भेटिएका छन् । अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नामरथर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान साढे ९ बजेदेखि साढे ११ सम्म खुला गरिँदै आएको थियो । यसअघि महाशिवरात्रि,…

Read More

काठमाडौं : आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ। सुपर एटमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।  दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा आठ रन चाहिएको थियो। ओटनिल बार्टम्यान आफ्नो ओभरको सुरुआती दुई बल डट राखेका थिए। तेस्रो बलमा गुल्शनकुमार झालाई चौका…

Read More

काठमाडौँ : टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे…

Read More

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ। नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले महत्वपुर्ण विकेट तीन लिएका हुन्। उनले ओपनर रिजा हेनड्रिकलाई ४३ रनमा पेभेलियनको बाटो देखाए। भने डेभिड मिलरलाई १७.३ओभरमा आउट गरे । यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए। वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ। कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण…

Read More