Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उनलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गरेका हुन् । अध्यक्ष थापाले खेल र खेलाडीको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘मेरो कार्यकालमा खेल र खेलाडीको विकासको सक्दो प्रयास गर्ने छु अध्यक्ष थापाले भने । बागमती प्रदेश खेलकुद विकास परिषदले थापालाई केही दिन अगाडि अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद विकासका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

Read More

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्धन खर्चमा मितव्यतिता कायम गर्न आग्रह गरेको छ । मन्त्रालय मातहतका सबै केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद्, कार्यालयहरुलाई परिपत्र गर्दै इन्धन खर्चमा मितव्ययिता कायम गर्न आग्रह गरिएको हो । क्याविनेटको चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रा उपयोग इन्धन आयातमा हुने गरेकोले सबै निकायलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो । यो व्यवस्था आउँदो असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ । ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो । गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो । चालु आर्थिक वर्षमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड,…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा भएको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ। मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन्। जलविद्युत् विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘नेपाल जलविद्युत् लगानीको महत्त्वपूर्ण क्षेत्र हो, इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु।’ उनले आगामी दिनमा दुई देशबीचको…

Read More

काठमाडौं – नेकपा एमालेले ललितपुरको च्यासलमा पार्टी कार्यालय सारेको छ। थापाथलीस्थित कार्यालय साँघुरो भएकाले एमालेले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सारेको हो। शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक सुरूआत गरेका हुन्। एमालेले एक वर्षअघि मात्र थापाथलीमा पार्टी केन्द्रीय कार्यालय राखेको थियो। थापाथलीअघि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमालेको केन्द्रीय कार्यालय थियो।

Read More

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् । यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण (ड्रोन) समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ । ‘उनीहरु अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरुले युक्रेनलाई सहयोग गर्न ‘सकेजति…

Read More

लमजुङ – मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

Read More

जनकपुरधाम – सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् । काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।

Read More

काठमाडौं –सत्ता गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो । जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् । यसअघि जितपुर…

Read More

काठमाडौं — नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरेका छन् । शीतल निवासमा गेब्रेयसस र भण्डारीबिच छलफल भएको हो। त्यसक्रममा भण्डारीले कोरोना भाइरस महामारीका क्रममा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । यस्तै, महानिर्देशक गेब्रेयससले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र गेब्रेयससबीच छलफल भएको हो। उनी बिहीबार भारत हुँदै नेपाल भ्रमणका लागि आएका थिए ।

Read More