Author: महेन्द्रनगर पोष्ट

सिन्धुली- सिन्धुलीमा सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह भागबण्डा गरेका छन् । दुई दलले नेकपा एकीकृत समाजबादी दललाई नसमेटेर स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरी भागबण्डा टुङ्ग्याएका हुन् । सिन्धुलीमा रहेका सत्तारुढ गठबन्धनमध्ये चार राजनीतिक दलको छलफलमा पालिका भागबण्डाको कुरा नमिलेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले भागबण्डा टुङग्याएको जनाएका छन् । दुई राजनीतिक दल बिच भएको लिखित सहमति अनुसार सिन्धुलीका नौ वटा स्थानीय तह मध्ये पाँच वटामा प्रमुख नेपाली काँग्रेसले र चार वटामा प्रमुख माओवादी केन्द्रले पाएको उक्त गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिए…

Read More

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन सुरक्षाको लागि भर्ना भएका एक म्यादी प्रहरी मृत फेला परेका छन् । चौतारा नवलपुर सडकखण्डमा चौतारा साँगाचोकगढी नगर ६ का ४० वर्षीय दुर्गासिं बस्नेत मृत फेला परेका हुन् । उनको सडकखण्डबाट करिब ४० मिटर तल शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बुधबार करिब साढे ४ बजे प्रशिक्षणपछि बस्नेत घर फर्किएका थिए । प्रहरीकाअनुसार बिहान ६ बजे बस्नेत आफ्नो घर चौतारा साँगाचोकगढी नगर ६ पीपलडाँडा जाँदै गर्दा सडकको डिलबाट लडेको हुनसक्ने बताइएको छ । शव आफन्तलाई जिम्मा लगाएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

काठमाडौं– अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। उनी व्यापारी रोहित तिवारीसँग विवाह बन्धनमा बाँधिएकी हुन् । विहीबार परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले विवाह गरेकी हुन् । रोहित हाम्रो बजार डट कमका सिइओ हुन्। केकीले बिहीवार सामाजिक संजालमा तस्विरहरु राखेर विवाहको समाचार सार्वजानिक गरेकी हुन्। उनले आफ्ना दर्शकहरुमाझ विवाहको खबर साट्न पाउँदा खुशी लागेको बताएकी छिन्।

Read More

कैलाली– विवेकशिल साझाबाट धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा विमला पन्त ओझाले उम्मेदवारी घोषणा गरेकी छन् । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा धनगढीको उपप्रमुखका लागि ओझाले उम्मेदवारी घोषणा गरेकी हुन् । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाज शास्त्रीका रूपमा संलग्न उनले आफू निर्वाचित भएपछि पदीय हैसियतले एउटा कोष स्थापना गरी भोका, टुहुरा र असहायहरूको सेवामा लगाउने बताइन् । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी ओझाले ३४ वर्ष उच्च माविको शिक्षकका रुपमा काम गरी हाल निवृत्तिभरण लिएर बसेको बताइन् । उनले कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष प्लस–ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै…

Read More

कैलाली- विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । विहीवार छैठौं दिन धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाईनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पुलिसले वनदेवीमाथि ३–० को अन्तरले हराएर फाईनलको यात्रा तय गरेको हो । पुलिसलाई फाईनलमा पुराउनका लागि निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । ५६ औं मिनेटमा रेखाले…

Read More

काठमाडौं- गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैंकिङ कसुरको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको जनाएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँको चेक वाउन्सको जाहेरी परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार उनीविरुद्ध थप जाहेरी समेत आउने क्रममा रहेका छन्।

Read More

जनकपुरधाम– महोत्तरीमा आफ्नै छोरीको हत्या गरेर नदीमा फाल्ने आमा आठ वर्षपछि पक्राउ परेकी छन् । दुई वर्षीया छोरीलाई हत्या गरेर नदीमा आएको बाढीमा फालेकी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–७ की रानी देवी मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनी अदालतबाट सजाय पाएको तीन वर्षपछि पक्राउ परेकी हुन्। ०७३ साल साउन १२ गते रानीले दुई वर्षीया छोरी प्रमिलाको हत्या गरेर नदीमा आएको बाढीमा फालेपछि उनकै श्रीमान् सूर्यनारायण मण्डलले जाहेरी दिएका थिए। यस मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते २० वर्ष कैद हुने गरी फैसला सुनाएको थियो। फैसलापश्चात् फरार रहेकी रानीलाई बिहीबार बिहान राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट पक्राउ…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले आरोपपत्र दायर गरेको छ । कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विहीबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ…

Read More

कैलाली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीलाई परास्त गरेर फेरि बाम एकता हुने बताएका छन् । कैलालीको मसुरियामा विहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै यही चुनावबाटै ओलीलाई परास्त गरिने बताए । ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुन्छ,’ उनले भने, ‘त्यो काम यही चनावबाट हुन्छ । त्यसका लागि अहिले सत्ता गठबन्धन एक भएर चुनावमा होमिएको छ ।’ उनले गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्ने बताए । कम्युनिस्ट पार्टी एक भएपछि गठबन्धन नयाँ सिराबाट अगाडि बढ्ने उनको भनाई छ । साथै उनले अहिलेको सत्ता गठबन्धन पछिसम्म रहने र यसैले नै देशलाई पार…

Read More

दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको क्याम्प राख्ने तयारी गरिएको छ। निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणका लागि सेनाको क्याम्प छाङ्गरुमा राख्ने तयारी गरिएको हो। क्याम्प राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु पनि पुगेका थिए। उनीहरुले सेनाले निर्माण गरिरहेको सडकको हवाई निरीक्षणसमेत गरेका थिए। नेपाली सेनाले व्यास गाउँपालिका–३ सीनादेखि तिङ्करसम्मको ८२ किलोमिटर सडक निर्माणको जिम्मा पाएकाले यो क्षेत्रमा चालु आर्थिक वर्षदेखि सडक निर्माण सुरु भएको छ। माथिल्लो क्षेत्रबाटसमेत सडकको काम गर्न छाङ्गरुमा सेनाको क्याम्प राख्ने जमिनको अवस्थासमेत अवलोकन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए। सेनाले अहिले व्यास गाउँपालिका–२ मा सडक निर्माणको काम गरिरहेको छ।…

Read More