Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।  नेपालका ओपनर कुशल भुर्तेलले १२ औ ओभरको दोस्रो बलमा कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए। भने तेह्रौं ओभरको दोस्रो बलमा करनले क्याच लिए । त्यसअघि अलराउण्ड दीपेन्द्र सिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।  

Read More

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।  नेपालका अलराउन्ड् दिपेन्द्र सिंह ऐरिले दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी ककलाई कट एण्ड बोल्ड गर्दै पेभेलियनको बाटो देखाए। डी ककले १० रन बनाउँदा आउट भए।  वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले चौथो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ।

Read More

काठमाडौँ : आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ । 

Read More

धनगढी : डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकैसाथ बिरामी परेका हुन्। जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार (हिजो) बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन्। रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए। जोगबुडा अस्पतालमा अहिले २० जनाभन्दा बढी मानिस उपचार गराइरहेका छन् भने ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए। उनका अनुसार फुड पोइजनबाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याव टेस्टबाट मात्र रोगको पहिचान हुनेछ।

Read More

धनगढी : बझाङको थलारा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले अवैध रुपमा झण्डै पाँच लाख भत्ता बुझेका छन् । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ३० जनाले नियम विपरित आफ्नै वडामा अनुगमन गरेर ४ लाख ९० हजारबढी पचाएको उल्लेख छ । उनीहरुले आ आफ्नै वडाहरुमा अनुगमनको भरपाई तयारी गरी सो रकम बुझेको देखाएका छन् । सुदूरपश्चिम प्रदेश सरकार स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ विपरित अनुगमनका नाममा अनियमितता गरेका छन् । महालेखाले उनीको बुझेको रकम अशुल गर्न निर्देशन दिएको छ । यि हुन भत्ता बुझ्ने जनप्रतिनिधी र कर्मचारी ?

Read More

काठमाडौँ : आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ । नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन् । बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा रहेका छन् । यो खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ । प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपालसँग दक्षिण अफ्रिकालाई हराउनुको विकल्प छैन । नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ ।…

Read More

धनगढी : तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ। उत्तरमा चीनको सीमादेखि कैलाली र कञ्चनपुरमा भारतसितको खुला सीमाना जोडिएको सुदूरपश्चिम प्रदेशमा प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकको जीउधनको रक्षाका निम्ति भाडा र स्थानीय तह, विद्यालय, तथा अन्य सार्वजनिक भवनमा चौकी स्थापना गरिएको अवस्था छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जिल्ला प्रहरी कार्यालय र इलाका स्तरसम्म प्रहरीको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना बनिनसकेको बताए। उनले गाउँघरमा चौकी र बिटहरुको भौतिक संरचना निर्माण कार्य दोस्रो चरणमा…

Read More

धनगढी : धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको सचिवालयबाट कृपाराज उपाध्यायलाई फिर्ता पठाउन निर्देशन दिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा कृपाराजलाई फिर्ता पठाउन निर्देशन दिएको हो। उनी ठेकराज माध्यामिक विद्यालयका शिक्षक हुन्। हमालले आफू निर्वाचित भएपछि कृपाराजलाई सचिवालयमा ल्याएका थिए। यसरी शिक्षकलाई नगर शिक्षा ऐन २०७४ को दफा ४१ विपरीतको कार्यमा खटाईएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ। महालेखाले कृपाराजको ठाउँमा करारमा थप शिक्षक नियुक्त गरेर आर्थिक व्ययभार थपिएको उल्लेख गरेको छ।

Read More

धनगढी : रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।

Read More

काठमाडौं : सरकारले सोमबार (असार ३)मा सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Read More