Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको जबरजस्ती गर्न नहुने बताएका छन् । थापाले स्थानीय तहका नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जनाउँदै एक्लै लड्नुपर्नेमा जोड दिएका हुन्। सोमबार काठमाडौं-४ मा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देशभरका अधिकांश नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जिकिर गरे। “देशका ५० भन्दा बढी जिल्लाका साथीहरू तालमेलको छैनन्। ‘म देशैभरका साथीहरुको सम्पर्कमा छ। देशभरका साथीहरु कोही पनि तालमेलको पक्षमा हुनुहुन्न’ उनले भने ‘मतदाताहरुको मनोविज्ञान र स्वभाव भनेको हार्न परे स्वीकार गर्ने तर तालमेल स्वीकार नगर्ने छ।’ महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताका लागि यो स्वभाविक नभएको बताए। निर्वाचनको…

Read More

धनगढी- १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोही आरोपकाे आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।

Read More

काठमाडौं – सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ । कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड -१९ विरुद्धका सबै जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र गराउनसमेत…

Read More

वालिङ – स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । अन्य पाँच जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान…

Read More

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन सोमबार तालाकस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो सोमबार विधिपूर्वक पूजा गरी ढालिएको हो ।  ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने प्रचलन रहिआएको छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल…

Read More

पाल्पा – पाल्पामा एक जना ७० वर्षीया वृद्धा महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ । सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – राप्ती नदीमा माछा मार्ने क्रममा बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्। नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने क्रममा बिष्फोट भएर पाचँ जना घाइते भएका हुन् । घाइते हुनेमा एक पनि रहेका छन् । उनीहरू आइतबार अपरान्ह ५ बजेतिर राप्ती नदीमा माछा मार्न गएका थिए। प्रहरीका अनुसार बिस्फोटमा परी लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्। घाइतेमध्ये प्रदीप चौधरीलाई थप उपचारका लागि भैरहवा लगिएको एसपी सुरेश काफ्लेले जानकारी दिए। अन्य चार…

Read More

कोलम्बो – देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ । ‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौँ भने मलाई थाहा छैन के हुन्छ’, डा. ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरुको संघका सचिवसमेत रहेका डा. ज्ञानसेकरमले राजधानी कोलम्बोमा रहेका कुन कुन अस्पतालमा औषधिको कमी छ भनेर सूची तयार गरेका छन् । ‘हामीसँग मेडिकल ड्रग्स, एनेस्थेटिक औषधि, प्रत्यारोपण, स्टिच सामग्रीको अभाव छ । हामीसँग स्टक लगभग समाप्त छ’, उनले भने । ‘तत्काल राहत नभएसम्म स्वास्थ्य सेवाहरू ध्वस्त हुनेछन्’, उनी भन्छन्…

Read More

कपिलवस्तु – कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ८ बजे पैदल हिँडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – वैशाख १३ गतेदेखि दोर्दी खोला जलविद्युतको आईपीओ खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासित शेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका साविकको भारते, अर्चलबोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका बासिन्दाले आवेदन दिन सक्ने छन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । आईपीओमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे जेठ ११ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी…

Read More