Author: महेन्द्रनगर पोष्ट

जनकपुर- अटोमेटिक पेस्तोलसहित जनकपुर धामबाट दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भई हाल जनकपुरधाम वडा नम्बर ४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम वडा नम्बर ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेक कुमार सिंह छन् । ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई प्रहरीले उनीहरुलाई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा शनिबार १ बजे राति फक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । ज. ७ प. ७९३२…

Read More

काठमाडौं- सत्ता गठबन्धन दलले स्थानीय तहको चुनावी तालमेलका लागि मापदण्ड बनाउने तयारी थालेको छ । तालमेलका लाग छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजेका लागि बैठक आह्जान गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल र चुनावी तालमेलको मापदण्डबारे निष्कर्ष निकालिने बताए । गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए । देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ ।

Read More

काठमाडौं- नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो । महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको व्यवस्था, दुर्घटना बीमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ताको व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता सरकारले गर्न सकेमा देशमा कृषि क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका कोषाध्यक्ष दीपक गौतमले कृषिमा लागेका जनसङ्ख्याको ६० प्रतिशतले बाख्रापालन गर्ने भए पनि स्वदेशी उत्पादनका लागि…

Read More

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४…

Read More

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ ।मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। पहाडी भू–भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा…

Read More

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो । काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताउनुभयो । उहाँका अनुसार…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्तालाई तीव्र दबाबका बावजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले छोरी रेनुलाई पुनः मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् । पार्टीका स्थानीयस्तरका नेता–कार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् । यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘६ महिानगरपालिकामध्ये यसअघि जितेका ललितपुर र विरातटनगर कांग्रेसले पाउँछ भने वीरगञ्ज जसपाले लिन्छ । एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबण्डा हुन बाँकी…

Read More

इस्लामावाद- पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित हुनुभएको छ । पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग – नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको घोषणा गरिएको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो । पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिनुभयो ।विपक्षी दलको नेतृत्व गर्दै आउनु भएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज…

Read More

इस्लामावाद- पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी–पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन । नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताउनु भएको हो । विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उहाँको भनाई छ । उहाँले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गर्नु भएको छ…

Read More

काठमाडौं- मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उहाँले बताउनुभयो । भोलि अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो । गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । सरकारले…

Read More