Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल पत्रकार महासंघले विभिन्न बहानामा निष्काशन गर्ने सञ्चार गृहकाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने, पत्रकारलाई नियमित सेवा सुविधा उपलब्ध नगराउने,वेतलबी बिदामा राख्ने र निष्काशन गर्नेविरुद्ध पत्रकार सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरुले महासंघले घोषणा गरेको अन्दोलनलाई ऐक्यवद्धता जनाएका थिए । महासंघमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको समस्या हल गर्न महासंघले पटकपटक पत्राचार, वार्ता, र दबाव दिँदा समेत बेवास्ता गरेका कारण महासंघ आन्दोलन गर्न बाध्य भएको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको श्रम सम्बन्धी समस्या समाधान गर्न महासंघ कानूनी…

Read More

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ । पेरिसडाँडामा साेमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौँ भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’ महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमति अनुसार नै अगाडि बढ्ने बताए । अहिले…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखलाई बोलाएर जानकारी लिएका छन् । गृहमन्त्री खाँणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएका हुन् । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी थिए । प्रवक्ता पोखरेलले सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताए । त्यस्तै गृहमन्त्री खाँणले…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरेका छन्। आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचनमा सबै दलहरु होमिसकेको अवस्था छ। निर्वाचन सर्दैन, वैशाख ३० गते नै हुन्छ। गठबन्धन निर्वाचनको अन्तिम तयारीमा पुगेको छ। निर्वाचन सर्दैन। सरकार र सरकारमा भएका पार्टीको निर्वाचन सार्ने मनसाय छैन। गठबन्धन निर्वाचनमा होमिसकेको छ।’ उनले आज बेलुकासम्ममा ६ वटा महानगर र ११ वटा उपमहानगरको भागबण्डा टुंग्याउने दाबी गरे। ‘गठबन्धनको तालमेलबारे आजै निर्णय पुग्छौँ। नगरपालिका र गाउँपालिकाको पनि तल अधिकार दिएका छौँ। तल्लो तहको रिपोर्टको आधारमा भोलिसम्म टुंग्याउछौँ।’ प्रचण्डले…

Read More

बैतडी– बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी तीव्र पारिएको छ। वैशाख ९ गतेदेखि सञ्चालन हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो । इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने भएको छ । विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा पनि नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिसकिएको छ। परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्षका लागि यही वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाका पाँच हजार ४३१ विद्यार्थी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको जबरजस्ती गर्न नहुने बताएका छन् । थापाले स्थानीय तहका नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जनाउँदै एक्लै लड्नुपर्नेमा जोड दिएका हुन्। सोमबार काठमाडौं-४ मा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देशभरका अधिकांश नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जिकिर गरे। “देशका ५० भन्दा बढी जिल्लाका साथीहरू तालमेलको छैनन्। ‘म देशैभरका साथीहरुको सम्पर्कमा छ। देशभरका साथीहरु कोही पनि तालमेलको पक्षमा हुनुहुन्न’ उनले भने ‘मतदाताहरुको मनोविज्ञान र स्वभाव भनेको हार्न परे स्वीकार गर्ने तर तालमेल स्वीकार नगर्ने छ।’ महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताका लागि यो स्वभाविक नभएको बताए। निर्वाचनको…

Read More

धनगढी- १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोही आरोपकाे आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।

Read More

काठमाडौं – सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ । कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड -१९ विरुद्धका सबै जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र गराउनसमेत…

Read More

वालिङ – स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । अन्य पाँच जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान…

Read More

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन सोमबार तालाकस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो सोमबार विधिपूर्वक पूजा गरी ढालिएको हो ।  ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने प्रचलन रहिआएको छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल…

Read More