Author: महेन्द्रनगर पोष्ट

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् । यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण (ड्रोन) समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ । ‘उनीहरु अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरुले युक्रेनलाई सहयोग गर्न ‘सकेजति…

Read More

लमजुङ – मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

Read More

जनकपुरधाम – सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् । काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।

Read More

काठमाडौं –सत्ता गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो । जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् । यसअघि जितपुर…

Read More

काठमाडौं — नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरेका छन् । शीतल निवासमा गेब्रेयसस र भण्डारीबिच छलफल भएको हो। त्यसक्रममा भण्डारीले कोरोना भाइरस महामारीका क्रममा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । यस्तै, महानिर्देशक गेब्रेयससले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र गेब्रेयससबीच छलफल भएको हो। उनी बिहीबार भारत हुँदै नेपाल भ्रमणका लागि आएका थिए ।

Read More

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीको राष्ट्रपति भवनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । तस्विरः एफपी

Read More

काठमाडौं – आज विश्व पृथ्वी दिवस हो । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवसको…

Read More

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं– रौतहटमा इटाभट्टामा जिउँदै मान्छे हाली हत्याको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दाको सुनुवाई आज हुने भएको छ । यसअघिको सुनुवाईमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको छ । यसअघि गत वैशाख २ गते पनि सुनुवाई रहेको उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । विगत लामोसमयदेखि सुनुवाको तय भए पनि अहिलेसम्म पनि सो मुद्दा किनारा लाग्न भने सकेको छैन ।

Read More

काठमाडौं  – स्थानीय तह निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि ५३ जिल्लाको लागि १ करोड १९ लाख मतपत्र छापिएको हो । अब २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए…

Read More