Author: महेन्द्रनगर पोष्ट

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा ९भेडा०को बली चढाई पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएर राख्ने चलन रहेको जात्राका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार भोलि बिहानैदेखि नाचगान सुरु हुने र पर्सिको दिन जात्रा समापन गरी वैशाख १ गते हरसिद्धि…

Read More

काठमाडौं- सेवानिबृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बलले आफ्नो फौजी परम्परा अनुसार सोमबार सम्मानसहित बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरे । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि संघकी उपाध्यक्ष ज्योती केसीले फुलमालासहित बिदाई गरिन् । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी सुम्पे । साथै उनले सांगठानिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय…

Read More

काठमाडौं -सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ । कोभिड १९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्य पेश गर्दै सरकारले २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको जानकारी दिनुभयो । उहाँले यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने विश्वास व्यक्त गर्नुभयो । वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध…

Read More

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Read More

काठमाडौं- काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरीले हरेकबाट ९९।९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उहाँले बताउनुभयो । बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ । पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन्…

Read More

काठमाडौं- नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष ‘जुनियर मेगा माइण्ड’ तयार गरी सार्वजनिक गरेको छ । प्राज्ञिक र गैह्रप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका उक्त सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डीन डा डिल्लीराज शर्मा, त्रिविका अन्तर्राष्ट्रियसम्बन्ध विभागका कार्यकारी निर्देशक सहप्रा विनोद जोशी, त्रिविका सूचना प्रविधि इनोभेसन केन्द्रका निर्देशक प्रा डा सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेलगायतको उपस्थितिमा सो एप्स आज सार्वजनिक गरिएको हो । नीमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान…

Read More

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रबारे गलत प्रचार गरिएको बताए । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको भन्दै उनले भने, ‘मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक नभएको बताए । यस्तै उनले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताएका छन् । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए । छानबिनका लागि समिति गठन भइसकेकाले…

Read More

कलैया– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ । राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्न लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गर्नुभयो । अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु नै धनी भएको भन्दै अध्यक्ष लिङ्देनले उनीहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दू धर्म रहेको नेपालमा धर्म निरपेक्ष…

Read More

काठमाडौं – देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप ४६ जना निको भएका छन् । नेपालमा हाल निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

Read More

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन्। नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन्। सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन्। उनले भनिन्, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू जो सुकै हुन्, सामाजिक बहिष्कार गर्नुपर्छ। नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन्। यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ।’ उनले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास…

Read More