Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- काठमाडौंस्थित भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका एक नायब सुब्बाले १ करोड ८७ लाखभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ । निलम्बित नायब सुब्बा देवीबहादुर थापाले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले सोमबार विशेष अदालतमा थापाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार २०५६ सालदेखि पदमा रहेका थापा र उनका परिवारले पनि २०७५ सालसम्मको अवधिमा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पाइएको थियो । थापाले आफ्नो हैसियत भन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्ग खरिद गर्नुका साथै कम्पनी तथा…

Read More

काठमाडौं- प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी हुन् । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका उनले उनीमाथि ३० वर्षीया श्रीमती अस्मिता चौधरीको हत्या गरेको आरोप छ । उनले श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खन्याई आगो लगाइदिएका थिए । स्थानीयले घाइते अवस्थामा फेला पारी सुस्मा मेमोरियल अस्पताल साँखु लगेपनि उनको मृत्यु भएको थियो । आइतबार नै श्रीमती हत्याकै आरोपमा मकवानपुर बकैया गाउँपालिका–५ तीनतले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी पक्राउ परेका छन् । उनीमाथि…

Read More

बाजुरा- बाजुराबाट भारतको नयाँ दिल्ली गई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरिएको छ । जिल्ला अदालत बाजुराले सोमबार देवेन्द्रलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । प्रहरीका अनुसार रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएका मंगल सिंह भन्ने मंगले लुहारको हत्याको आरोपमा देवेन्द्र बूढालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्लाको बुढीगंगा नगरपालिका–७ स्थायी घर भएका देवेन्द्रले सोही स्थानका मंगलेको हत्याको योजना बनाई गत फागुनमा भारत गएका थिए । उनले नयाँ दिल्लीमा सुतिरहेको समयमा मंगलेको टाउकोमा काठको मुङ्ग्राले ६ पटक प्रहार गरी हत्या गरेका थिए । घटनाको करिब एक महिनापछि…

Read More

बाजुरा- नेपाली काँग्रेस बाजुराका प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति रामबहादुर बोहरा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसले टिकट वितरणमा एकलौटी गरेको भन्दै बोहराले पार्टीबाट राजीनामा गर्दै एमालेमा प्रवेश गरेका हुन् । बुढीनन्दा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी सिफारिस गर्दा प्रक्रिया पुर्याई नगर प्रमुखमा सिफारिस भएको तर अन्तिममा मनोमानी तरिकाले टिकट वितरण गरिएको भन्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हट्दै राजीनामा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छन् । पाटी भित्र केही व्यक्तिबादी चरित्र, आफू सर्वेसर्वा भएको, पैसाको भरमा राजनीति गर्ने, पदको दुरुपयोग गरेको र पार्टी संस्थागत मुल्य मान्यता विपरित केही व्यक्तिले पार्टी कव्जा गर्न खोजेकोले पार्टीबाट राजीनामा दिएको उनले बताएका छन् ।…

Read More

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको कार्य उत्साहपूर्वक सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ…

Read More

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । मेयर पदमा सुशीला शाही र भक्तबहादुर थापाले उम्मेदवारी दर्ता गराएको लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले बताएका छन्। नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले सुशीला शाही नै आधिकारिक उम्मेदवार भएको बताएका छन् भने जिल्ला सचिव नृपबहादुर सुनार भक्तबहादुर थापा आधिकारिक उम्मेदवार भएको बताउँछन् । कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले रुख चिन्हबाट चुनाव लड्न पाउने बताएका छन् । शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको छ ।

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयमा र्‍पालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा कांंग्रेसका चित्र सेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

Read More

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तह निर्वाचनमा साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ । प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका अग्रगमन पक्षधर साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताए । पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले अहिलेको चुनावमा जनताले अग्रगमन पक्षलाई अनुमोदन गर्ने व्यक्त गरे । पार्टीका नेत्री शोनाम लामाले नार्गाजुन नगरपालिकाभित्र रहेका प्राचीन सम्पदास्थलको संरक्षण पर्यटकीयस्थल तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्न जसपाले त्यस क्षेत्रको…

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराए । उनको प्रस्तावकमा देवी ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् । नेकपा एमालेबाट भरतपुरका मेयर उम्मेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका नेकपा (एमाले) का तर्फबाट केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’ यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छिन् ।

Read More