काठमाडौं– प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी हुन् ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका उनले उनीमाथि ३० वर्षीया श्रीमती अस्मिता चौधरीको हत्या गरेको आरोप छ ।
उनले श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खन्याई आगो लगाइदिएका थिए । स्थानीयले घाइते अवस्थामा फेला पारी सुस्मा मेमोरियल अस्पताल साँखु लगेपनि उनको मृत्यु भएको थियो ।
आइतबार नै श्रीमती हत्याकै आरोपमा मकवानपुर बकैया गाउँपालिका–५ तीनतले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी पक्राउ परेका छन् । उनीमाथि २८ वर्षीया श्रीमती दिया शर्माको हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार उनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची श्रीमतीको हत्या गरेका हुन् ।