काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका नेकपा (एमाले) का तर्फबाट केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।
सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’
यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छिन् ।
Facebook Comments Box