Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- गत असार र साउनमा बाढीले क्षति पुगेपछि अवरुद्ध भएको मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो । यसअघि आयोजनाले यही महिना अर्थात् चैत भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने जनाएको थियो । हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख विष्णुदेव पौडेलले खासगरी बाढीको प्रभाव आयोजनाको टनेल (पानी पठाउने सुरुङ) र हेडवर्क्समा…

Read More

विराटनगर- हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । प्रदेश नं १ सरकारका नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले पाँचथरका डा पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य हुनुहुन्थ्यो । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यस्तै…

Read More

कञ्चनपुर- कञ्चनपुर सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् । स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । “चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौँ”, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म यहाँ चान्देउ–बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।” उहाँले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका…

Read More

इलाम- फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीमा आत्मसमर्पण गरेकी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ। फाकफोकथुम(१ का कृष्णबहादुर खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर मुक्का प्रहार गरेको आरोप छ। फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद बढेको थियो। आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आएकी…

Read More

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज थप सदस्य मनोनित गर्नुभएको हो । समितिको सदस्यमा धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका केन्द्रीय सदस्य नृपबहादुर वड सहितका नेताहरु समेटिनुभएको छ । समितिमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित हुनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद…

Read More

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा एक मात्र पदमा उम्मेद्वारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ। आयोगले पाँच दिन अघि दललाई पठाएको निर्देशन पत्रमा एक मात्र पदमा उम्मेद्वारी दिँदा महिलालाई अघि सार्नुपर्ने शर्त राखेको हो। आयोगले दलहरुलाई पठाएको निर्देशन पत्रको बुँदा नम्बर ६ मा उल्लेख गरिएको छ, ‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’ स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहमा उम्मेद्वारी दिँदा एउटा दलले प्रमुख वा उपप्रमुख मध्ये एक जना उम्मेदवार महिला हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर एउटा मात्रै पदमा उम्मेदवारी…

Read More

कैलाली- ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तोस्रो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । स्पोर्टस अवार्डमा दिइने ८ वटा विधामध्येको ‘वर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल वर्ष युवा खेलाडी अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्ला दुई वर्ष पनि निसर्ग हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको थियो । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड…

Read More

दाङ- प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ । प्रेस काउन्सिल नेपालले आज दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा आचारसंहिता बनाएको बताउनुभयो । यसअघि काउन्सिलले नेपाली, मैथली र नेपाल ९नेवारी० भाषामा आचारसंहिता जारी गरिसकेको छ । त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागू गर्न चुनौती देखिएको बताउनुभयो । थारुमा लेखपढमा अभ्यास नहुँदा पनि प्रयोगमा आउन नसकेको उहाँको भनाइ थियो । उहाँले उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्रदेखि…

Read More

कालीकोट- कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा गरी लिएको रकम हालसम्म फछ्र्योट नगर्दा सबै विद्यालयमा रु १४ करोड २० लाख ५० हजार बेरुजु देखिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पेश्की बेरुजु भएका कारणले आगामी वर्षको बजेटमा प्रभाव पर्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटलाई तत्काल पेस्की फछ्र्योट गर्न ताकेता गरेको छ । आफूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ताकेता गरे पनि शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटले सबै विद्यालयको नाम उल्लेख गरेर चैत ३० गतेसम्म पेश्की फछ्र्योट गर्न सार्वजनिक…

Read More

काठमाडौं- धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गर्नुभएको थियो । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ । उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति…

Read More