Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका- १० सिसैयाका ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले नगद १८ हजार ४२२ सहित उनीहरूलाई पक्राउ गरेको हो। 

Read More

धनगढी: कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आठ वर्ष पहिले जडान गरेको एक्स-रे मेसिन प्रयोगविहीन भएको छ। विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन प्रयोगमा नल्याइदै थन्किएको हो। कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताए। एक करोड रुपैयाँको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा उक्त मेसिन जडान गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका भन्सारमध्ये पहिलो पटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ। भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्स-रे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा…

Read More

काठमाडाैं: जंगलमा हराएका युवायुवतीको इन्सपेक्टर अस्मिता कपालीको टोलीले उद्धार गरेको छ। आज सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र १३ जना हराएका थिए। उनीहरू हराएपछि प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति टोली खटिएको थियो। त्यसपछि प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो। सोमबार बेलुकी उनीहरू जंगलभित्र हराएपछि आफैंले प्रहरी कन्ट्रोल रुममा खबर गरेका थिए। फेला पर्नेमा १० पुरुष र ३ महिला रहेका छन्। अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने बताइएको छ। सोमबार गोदावरी नगरपालिकामा पर्ने फुल्चोकीमा उनीहरू घुम्न गएका थिए। आजकल फुल्चोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गरेको छ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत आइतबार पठाएको पत्रअनुसार संघीय संसद्‍ सचिवालयले सोमबार निलम्बनसम्बन्धी सूचना प्रकाशित गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै रवि सांसद पदबाट निलम्बनमा परेका हुन्। निलम्बनबारेको पत्र प्रहरीले पठाएपछि सभामुख देवराज घिमिरेले सोमबार दिनभर कानुनी परमार्श गरेका थिए। जसअनुसार उनले बीचको बाटो प्रयोग गरेर लामिछाने निलम्बित भएको सूचना निकालेका हुन्। लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वत: निलम्बनमा पर्ने सम्भावना देखिएको थियो। तर सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा लागेका…

Read More

काठमाडौं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो। शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन्। आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो। भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख…

Read More

काठमाडाैं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा बहस सकिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा बयान गरिएको थियो। त्यसपछि उनलाई ललितपुर प्रहरीको थुनामा राखिएकोमा आज थुनछेक बहस सकिएको छ। आइतबार बयानका निम्ति इन्स्पेक्टर शाही आफैं अदालत गएकी थिइन्।बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। शाहीको मुद्दामा आज थुनछेक बहस सकिएर आजै आदेश आउने जनाइएको छ। केहीबेरमै थुनछेक आदेश आउने जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोले बताए। आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने प्रष्ट पार्नेछ। भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा…

Read More

धनगढी: सत्ता गठबन्धन अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले समेटेर गठन गरिएको यस संयन्त्रको बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने, रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमति जुटाई कार्यान्वयन गर्ने, र भूकम्प प्रभावितलाई राहत तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाउने निर्णय भएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिनेछ। बैठक नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा सम्पन्न…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका २ घर भई कीर्तिपुर बस्ने २१ वर्षीय अशोक साउद र डोटीको दिपायल सिलगढी नगरपालिका १ घर भई कीर्तिपुरमै बस्ने १९ वर्षका गणेश साउद रहेका छन्। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेलपछि केही व्यक्तिहरुले जनकपुरका समर्थकमाथि हातपात गरेका थिए। उनीहरूले केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्ने,…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी गणेश चन्दले ट्राफिक प्रहरीलाई राति अबेरसम्म सडकमै बस्न निर्देशन दिएका छन्। हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्। डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ। पछिल्लो समय ट्राफिकले राति ड्युटी गर्न छोडेको थियो भने जनपद भने ड्युटीमै रहन्थ्यो। डीआईजीको निर्देशनले राति हुने सवारी दुर्घटना भने न्यूनीकरण हुने विश्वास लिइएको छ। डीआईजी चन्दको यो पहलले ट्राफिक व्यवस्थापनलाई…

Read More

धनगढी: कञ्चनपुरमा अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए। ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए। ऐरले पेशाले इन्जिनियर र अमेरिकाको भिसा लागिसकेको भन्दै ठगेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गरेका डडेल्धुराकै भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीका नक्कली बुवा बनेर कुरा गरेका थिए। नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गर्दै बहुविवाह गराउन भूमिका खेलेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२…

Read More