Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीमा बढुवा समितिको अंकभार आधा घटाइने भएको छ। नयाँ प्रहरी ऐनको मस्यौदामा समितिको अंकभार आधा कटौती गर्ने तयारी गरिएको हो। समितिले दिन पाउने ७.५ अंकबाट घटाएर ३ मा सीमित गर्न लागिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतहरुसँग हेडक्वार्टरमा लामो छलफलपछि प्रहरी ऐनको केही प्रावधानहरु टुंगो लगाइएको जनाइएको छ। गृह स्रोतका अनुसार, मस्यौदामा उल्लेख भएअनुसारका प्रावधान लागू भए सबैभन्दा बढी कार्य सम्पादन मूल्यांकन वापत ५२ अंक प्राप्त हुनेछ। ज्येष्ठता वापत २५, शैक्षिक योग्यतावापत ५, तालिम वापत १० र चुनौतिवापत ५ अंक दिइनेछ। मस्यौदामा शैक्षिक योग्यता वापत दिइने अंक घटाइएको छ भने कठिन भौगोलिक क्षेत्रमा काम…

Read More

काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत पूर्व हवाई सेना प्रमुख सुदर्शन पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच बुधबार शिष्टाचार भेटघाट भएको हो। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।

Read More

काठमाडौं: तीन वर्षअघि उद्घाटित धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। सरकारले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागेको जनाएको छ। पुनर्निर्माण सम्पन्न नहुँदै ०७८ बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। तर, अहिले पनि पूर्णतः निर्माण सम्पन्न भइसकेको छैन। अझै पाँच प्रतिशत काम बाँकी रहेको धरहरा खुलाउने निर्णय प्रधानमन्त्री ओलीले भदौ २७ गतेको क्याबिनेट बैठकबाट गराएका हुन्।  पुननिर्माण प्राधिकरणले निर्माण शुरु गरेको यस आयोजनालाई अहिले शहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले हेरिरहेको छ। विभागका अनुसार भोलिदेखि दैनिक पाँच सय नागरिकले धरहराको अवलोकन गर्न सक्नेछन्।  केही समय प्रवेश निःशुल्क गरिने र बिस्तारै डिजिटल…

Read More

काठमाडौं: गृह मन्त्रालयले १२ जिल्लामा नयाँ सिडिओ खटाएको छ। मन्त्रालयले ३६ जना उपसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जिल्लामा सिडिओ हेरफेर भएका हुन्। रसुवाका सिडिओलाई ६ महिना पनि नपुग्दै हटाएर अर्जुन पौडेललाई पठाइएको छ। त्यस्तै जुम्लामा रामबहादुर शाही, रामेछापमा राजु प्रसाद पौडेल, रोल्पामा रोमबहादुर महतले अवसर पाएका छन्। मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओम प्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णु प्रसाद भुसाल सिडिओ बनेका छन्।

Read More

काठमाडौं: व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन्। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Read More

धनगढीः कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ का मोटरसाइकल चालक सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। आज (बुधवार) गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो। डंगौराको उपचारका क्रममा मृत्यु भएको हो। डगौरासँगै मोटरसाइकल पछाडि सवार रहेका महेन्द्र चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोे छ। स्कारपियो चालक गोदावरी–६ का ३४ वर्षीय भोजलाल चौधरीलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडाैं: नेपाल प्रहरीका डिआईजीले उपद्रो मच्चाएको पाइएको छ। कर्णाली प्रदेशका प्रमुखसमेत रहेका डिआईजी अर्जुन चन्द ठकुरीले उपद्रो मच्चाएको पाइएको हो। विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार उनले हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए। त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ। कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए। त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई सुब्बाकुना चोकबाट फर्काएको स्रोतले बताएको छ। मदिराले मात्तिएका उनले कार्यालय फर्केपछि पनि ‘दानवी…

Read More

धनगढी: बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत सेती नदीमा ट्याक्टर खसेको छ। दुर्गाथली गाउँपालिका–२ स्थित मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर आज बिहान नदीमा खसेको हो। ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए। जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताएका थिए। अहिले बुढाको शव फेला परेको छ। त्यस्तै, त्रिवेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विक, २१ वर्षीय तपेन्द्र विक र १३ वर्षीय निरज विक घाइते छन्। उनीहरुको दाँहिने हात, कम्मर र खुट्टामा चोट लागेको जोशीले जानकारी दिए। उनका अनुसार नदीमा खसेको ट्याक्टर भेटिएको छैन्। बेपत्ता यात्रु र…

Read More

काठमाडौं: शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन भएको छ। उनको आज हृदयघातका कारण मृत्यु भएको हो। प्राप्त जानकारीअनुसार ४५ वर्षीया राई आज बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा ढलेका थिए। लगत्तै ग्राण्डि हस्पिटल पुर्याइएको थियो। फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौँको उपाधी जितेका थिए। दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए।

Read More

धनगढी: बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ल। यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।

Read More