Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको पिके होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। जिल्लाको गोदावरी नगरपालिका-१ मनहरास्थित होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्दा धन्दाको खुलासा भएको हो। आजमात्र प्रहरीले सो होटलमा अनैतिक क्रियाकलापमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ३६ वर्षीय युवक, बझाङको सुर्मा गाउँपालिका-२ बस्ने २१ वर्षीय युवक र दाङको घोराही नगरपालिका २ घर भएकी २४ वर्षीया युवती रहेकी छन्।

Read More

काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक पर्सि गृहजिल्ला र गृहप्रदेश आउने भएका छन्। लेखक पर्सि (१८ गते) बिहान सुदूरपश्चिमको धनगढी हुँदै गृहजिल्ला कञ्चनपुर आउने कार्यक्रम छ। स्रोतका अनुसार लेखक गृहजिल्लामा बनेका प्रहरी कार्यालयका संरचना तथा एक इलाका प्रहरी कार्यालयको उद्घाटन गर्न आउन लागेका हुन्। गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका उनको विभिन्न स्थानमा भेटघाट कार्यक्रम पनि तय गरिएका छन्। यस्तै उनले धनगढीमा प्रहरीकै पेट्रोल पम्प पनि उद्घाटन गर्ने बताइएको छ। यस अगाडि सो संरचना नेपाल प्रहरीकै आईजीबाट उद्घाटन गराउने तयारी थियो। तर गृहमन्त्री लेखक सुदूरपश्चिमकै भएकाले उनले आफैंले उद्घाटन गर्न खोजेको जनाइएको छ। यस्तो छ भेट…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)हरुको सरुवा भएको छ। पछिल्लोपटक बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्रका ३ एआईजीको सरुवा गरेको हो। सीमा सुरक्षा विभागमा रहेका सशस्त्र एआईजी नारायणदत्त पौडेललाई कार्य विभागमा सरुवा गरिएको छ भने कार्यविभागका वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ। त्यस्तै मानव स्रोत विभागका एआईजी चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।

Read More

धनगढी : अछामका एक युवकको मलेसियामा निधन भएको छ। रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो। ४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए, र बिहान ओछ्यानमै मृत भेटिएका थिए। उनी आउँदो बडादसैंमा घर फर्कने योजनामा थिए र हिजो राति ९ बजे मात्र श्रीमतीसँग कुराकानी गरेका थिए। उनको मृत्युको खबर परिवारले आज बिहान मात्रै पाएको छ। भक्त साउँदले विगतमा तत्कालीन जनमुक्ति सेनामा काम गरेका थिए। विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन्। उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइसकिएको…

Read More

काठमाडौं : अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् । उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो । स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका…

Read More

धनगढी : प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशमा आमसञ्चार माध्यमको अवस्था दयनीय बन्दै गइरहेको छ र विश्व बजारमा आएको आर्थिक मन्दी र कोरोनाकालको असर सुदूरपश्चिमका आमसञ्चार माध्यममा पनि परेको भन्दै सञ्चार क्षेत्रका विषयमा गम्भीर बन्न आग्रह गर्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । ‘आर्थिक अवस्थामा आएको मन्दीले धेरै सञ्चार माध्यमहरू बन्द भएका छन् भने अधिकांश पत्रकारहरू आफ्नो पेसा छोडेर पलायन हुने अवस्थामा पुगेका छन्’ मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रका उल्लेख गरिएको छ । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।…

Read More

काठमाडौं : समिट एयरले सुदूरपश्चिमको पहाडी जिल्लामा भोलिदेखि नियमित उडान भर्ने भएको छ । समिट एयरले धनगढी केन्द्र बनाएर पहाडी जिल्लामा भोलिदेखि नियमित उडान भर्न लागेको हो । अब हप्ताको हरेक सोमबार र विहिबार नेपालगञ्जबाट धनगढी र पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका छ । नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ । यो सोमबार उडाउन भर्ने कार्यतालिका हो । अर्को सिमिकोटबाट धनगढी–बझाङ हुँदै नेपालगन्ज विहिबार उडान भर्ने गरी तालिका रहेको छ । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर विमान मौसम…

Read More

काठ्माडौं : ३५ वर्षसम्म घर परिवारसँग सम्पर्कमा नरहेका प्रकाश तामाङलाई नागरिकता प्रदान गरिएको छ । हेर्ने कथामा प्रकाशको बारेमा भिडियो आएसँगै एकाएक सामाजिक सञ्जालमा भाइरल भएका प्रकाश तामाङले ३५ वर्ष आफू बसेको चुमभ्यालीलाई छाडेर भोजपुर गएपछि उनलाई इलाका प्रशासन कार्यालय भोजपुरका कार्यालय प्रमुख विनोद ज्ञवालीको उपस्थितमा षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले प्रकाशको घरमै गएर नागरिकता हस्तान्तरण गरेका हुन् । लामोसमयसम्म परिवारसँग सम्पर्कमै नरहेका कारण नागरिकता समेत नभएका प्रकाशको नागरिकता प्रदान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन गृहसचिव एकनारायण भट्टराईलाई व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार उनलाई भोजपुर जिल्ला प्रशासनले घरमै गएर नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हो…

Read More

काठमाडौं: प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशमा मनाइने विशेष चाड गौरा पर्वको कार्यक्रम बहिष्कार गरेका छन्। हिजो काठमाडौंमा एमालेको सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम मनाएकोमा प्रधानमन्त्रीले सो कार्यक्रम बहिस्कार गरे। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएकोमा उनी नआएको बताउएको छ। भदौ १० गते प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा चर्को नाराबाजी भएको थियो। टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरुविरुद्ध केही युवाहरुले ‘केपी चोर, देश छोड’,‘देउवा-मूर्दावाद’ लगायतका नारा लगाएका थिए। सोही घटनापछि राजधानीमै मनाइएको अर्को कार्यक्रममा प्रधानमन्त्री ओली नगएका हुन्।उसो त टुँडिखेलमा विरोध गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो। युवाहरुको विरोधपछि प्रधानमन्त्री ओली…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन्। आज (आइतबार) बाट बिष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन्। सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवाअवधि कायम हुने आदेश भएपछि आइतबारबाट उनीहरू अवकाशमा गएका हुन्। अवकाशप्राप्त बनेपछि एसएसपी बिष्टले आफू संगठनबाट सम्मानित रुपमा बिदा भएको र त्यसमा हर्षित रहेको बताएका छन्। वि.स २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका बिष्टले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान जस्ता कठिन सामाजिक कार्यमा काम गरेका थिए। त्यसबिचमा आफूले कयौं आरोह-अवरोहहरू पार गरेको बिष्टले जनाएका छन्। नेपालकै चर्चित हत्याकाण्ड निर्मला प्रकरणमा तत्कालीन राजनैनिक नेतृत्वले उनलाई विवादमा ल्याएपनि अदालतले उनलाई सफाई दिएको…

Read More