Author: महेन्द्रनगर पोष्ट

पन्जाब – पञ्जाबमा आम आद्मी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आद्मीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट बिजुली निःशुल्क दिइने बताइएको छ । भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै ‘खुशीको खबर’ दिने बताएका थिए । ‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो। छिट्टै पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्वीट गरेका थिए । पञ्जाब विधानसभा चुनावमा प्रत्येक…

Read More

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् । उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनः स्थापन, संवर्द्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले आज (शनिबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैँका लागि अन्त्य भएको दाबी गरे । अध्यक्ष थापाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले धेरै अपेक्षा नगरेको र खुट्टा टेक्ने ठाउँसम्म बनाउन खोजेको बताए । काँग्रेस नेतृत्वमा पाँच दलको गठबन्धन बनेको हुँदा एक्लै चुनाव लड्ने अवस्था नभएकोले एमालेसँग तालमेल गर्नुपरेको थापाले बताए । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको…

Read More

काठमाडौं – अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए ।संस्कृति, पर्यटन…

Read More

हरारे – बस दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको बस शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् ।

Read More

कैलाली- जनता सामजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेशका सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।  अत्तरियामा एक कार्यक्रमकाबीच एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आउजीलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह-इन्चार्ज सन्तोष शर्मा थापा, प्रदेश अध्यक्ष दामोदर भन्डारी, कैलाली जिल्ला अध्यक्ष रतन थापालगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Read More

काठमाडौं- छिमेकी देश भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन् । शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ । हाल भारतमा ११ हजार १ सय ९१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Read More

कैलाली बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा धनगढीबाट एक पुरुष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ४ का स्थानीय जगत कुँवरलाई ११ वर्षीय बालिकामाथि हातपात गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। कुँवरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्तासमेत भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। संवेदनशील अङ्गमा छोएर जबरजस्ती गर्न खोजेको भन्दै बालिकाले कुँवरविरुद्ध जाहेरी दिएकी थिइन् । घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

Read More

बाँके- बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो । मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन् । सुरुमा नौ घरलाई घरबासका रुपमा सञ्चालनमा ल्याइएको छ । “यसलाई बढाउँदै लैजाने हो”, होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भन्नुभयो । उहाँले मगर संस्कार र संस्कृतिको जगेर्नामा पनि यसले सहयोग गर्ने उल्लेख गर्दै होमस्टे सञ्चालनमा आएसँगै मगर कला, संस्कृति, रहनसहन र खानपानमा जोड दिइएको बताउनुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले होमस्टे आर्थिक…

Read More

कैलाली- बाजुराका एक युवक भारतमा मृत फेला परेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । करिब छ महिनाअघि श्रीमतीसहित भारत गएका उनी वैशाख १ गते बिहान ९ बजे नदीमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् । कोठाबाट बिहान ५ बजे निस्केका पण्डित ९ बजेसम्म पनि कोठामा नआएपछि उनकी श्रीमती लगायत आफन्तले खोजी सुरु गरेका थिए । शुक्रबार पाबुमा उनको अन्तिम सँस्कार गरिएको आफन्त बताएका छन् ।

Read More

बाग्लुङ- स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै उक्त सडक कालोपत्रका लागि छनोट गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले निर्णय भए पनि योजना कार्यान्वयन अन्योलमा परेको बताउनुभयो । “सडक कालोपत्रका लागि छनोटमा परे पनि अरु कामले गति लिन सकेन, केही सुरसार देखिन्न”, उहाँले भन्नुभयो, “सरकारले चासो नलिएपछि योजना ओझेलमा परेको छ ।” सरकारले गरेको बजेट कटौतीको मारमा उक्त सडक पनि परेको हुनसक्ने…

Read More