Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेलाई एक्लै हराउन नसकिने डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको आरोप लगाएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले सो आरोप लगाएका हुन् । एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए । एमालेले एक्लै चुनावमा जाने बताए पनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनको भनाइ छ । उनले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताएका छन् । बस्नेतले प्रचण्ड र माधव नेपालको…

Read More

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थको उपस्थितिमा सपथ गराएकी थिइन् । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।

Read More

काठमाडौं – नेकपा एमालेले निर्वाचन आचारसंहितामा असहमति जनाएको छ । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ ।

Read More

कैलाली- नेपाली काँग्रेस कैलालीले गठबन्धनबारे सुझाव संकलनका लागि प्रत्येक स्थानीय तहमा खटाइएका जिल्ला प्रतिनिधिहरुले प्रतिवेदन बुझाएका छन् । काँग्रेसले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गर्नु अघि नै प्रदेश स्थानीय तहमा खटाइएका प्रतिनिधिहरुले सुझाव संकलन गर्दै प्रतिवेदन तयार पारेर काँग्रेस जिल्ला कार्यसमितिलाई बुझाएका हुन् । काँग्रेस कैलालीले विभिन्न जिम्मेवारी तोक्दै जिल्लाका प्रत्येक स्थानीय तहमा खटाइएका जिल्ला प्रतिनिधिहरुले सुझाव संकलन गर्दै मंगलबार बसेको बैठकमा प्रतिवेदन बुझाएको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । बुझाइएका प्रतिवेदनहरु कम्पायल गर्ने काम भइरहेको उनले बताए । जिल्ला प्रतिनिधिहरुको भनाई र प्राप्त प्रतिवेदन अनुसार चुनावमा जित हात पार्न कुनैपनि दलसंग गठबन्धन आवश्यक नभएको सुझाव…

Read More

काठमाडौँ – गोविन्द प्रसाद शर्मा (कोइराला)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्। बिहिबार प्रधानमन्त्रीको सिफारिसलाई गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई मन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम नयाँ मन्त्री थपेकी हुन्। यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्रीले सम्हालीरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी छन् ।

Read More

काठमाडौं – नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । बिहीबार अपरान्ह साढे १२ बजेसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे लगायत सवै पदमा सत्ता गठबन्धनको अग्रता रहेको छ । यस समयसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले २२४० मत पाएका छन् भने प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई ११६९ मत प्राप्त भएको छ । अध्यक्षका प्रत्यासी घिमिरे अधिकारीभन्दा १ हजार ७१ मतले अगाडि छन् । त्यसैगरी सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई करिब ६ सय मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले १ हजार ९७५ मत…

Read More

कोलम्बो – श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरु रहेका छन् ।सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेबारी पाएको छ ।

Read More

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र्र बिक्री वितरण भनेको हो । मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र…

Read More

काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने जनाइएको छ ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो । सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षामा उत्तीर्ण भएका ४९ उत्तीर्ण भएका छन् । खुल्लामा ४२ जना उत्तीर्ण भएकामा अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै पुष्पा बानियाँले १ नम्बरमा नाम निकाल्न सफल भएकी छिन् ।

Read More