Author: महेन्द्रनगर पोष्ट

पाकिस्तान – संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ। अविश्वासको प्रस्तावमा मतदान हुनुअघि एउटा सत्तारूढ घटकले विपक्षी समूहलाई सघाउने निर्णय गरेपछि खानको पद धरापमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ। ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छन्। बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट-पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसद मात्रै बाँकी रहेका छन्। विपक्षीहरूसँग १७७ सांसद पुगेका छन्। खानको आफ्नै पार्टीभित्र पनि विवाद छ। उनलाई समर्थन नगर्ने सांसदको सङ्ख्या २५ देखि ४० जना रहेको बताइन्छ। पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल चलाउन पाएका छैनन्। पूर्व क्रिकेटर खान…

Read More

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहीबार बिहानै बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । बिहान सवा ४ बजे बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – आजदेखि काठमाडौंमा पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुने भएको छ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो । ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने निफ अध्यक्ष केपी पाठकका जानकारी दिए । ५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छु उनले भने, त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शकहरुका लागि यो अवसर हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७…

Read More

काठमाडौं – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । ‘हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो ‘, बुधबार मलेसियालाई पराजित गरेपछी कप्तान सन्दीपले भने। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको…

Read More

काठमाडौँ– स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने विषयमा दृढ देखिएका छन् । शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई आकाशमा उडाउने काम गरेको बताएका छन् । काठमाडौंमा आज भएको एक कार्यक्रममा मन्त्री आलेले नागरिकको सेवा गर्नु आफ्नो दायित्व भएको बताउदै अब हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत काठमाडौँ–दिल्लीमा दुई वटा उडान गरिने बताएका छन् । दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउदै बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए । मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वजटा उडान भरिएको…

Read More

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ । सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।

Read More

काठमाडाैं – न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बुधवार बसेको बैठकले एकैसाथ ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुंगा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गर्ने निर्णय समेत गरिएको छ । saruwaDownload

Read More

कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी उच्च माविको खेल मैदानमा बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीका लागि सामान्य स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा गरिएको छ। उक्त खेल मैदानमा युवती, महिलाहरुको सामान्य स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा गरिएको हो। इन्सपेक्टरको कमाण्डमा खटिएका सुरक्षाकर्मीले खेल मैदानमा उनीहरुको उचाई, पसअफ, दौड गराएका थिए। बुधवार विहान खेलमैदानमा म्यादीमा फाराम भरेका महिला, युवतीहरु लाईनमा लागेका थिए। लाईनमा कोही निराश थिए भने कोही खुसीले दंग थिए। प्रहरीले लाईनमा लागेकाहरुलाई पालैपालो उचाई नापेका थिए। उचाई कम हुनेलाई भने लाईनबाट पहिले नै बाहिर निकालेका थिए।

Read More

कैलाली-कैलालीको धनगढीमा निर्माणाधीन सिटी हलको चैतको अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ। २०७६ माघदेखि निर्माण सुरु भएको सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। संघीय सरकारले २५ करोड २६ लाखमा निर्माण गरिरहेको सिटी हलको कार्य सम्पन्न पछि धनगढी उपमहानगरपालिकाको मातहतमा आउने बताईएको छ। धनगढी सिटी हलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको इन्जिनियर प्रमोद पन्तले बताए। काठमाडौंको राष्ट्रिय सभा गृहको मोडलमा धनगढीको सिटी हल निर्माण भएको हो, इन्जिनियर पन्तले भने,-‘सिटी हलमा भिआईपी कक्ष, सेविनार हल सानो, एक हजार कुर्सी अटाउने हल अण्डर गराउण्ड पार्किङ्गको व्यवस्थासहित रहेको छ।’बाहिरीको फिनिसिङको काम यो हप्ता सम्पन्न गरिने गरि काम भईरहेको उनले बताए। चैत…

Read More