Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनी भारत हुँदै नेपाल आने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं- नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।

Read More

दार्चुला- दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमतिसँगै कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ । जिल्लामा पाँच स्थानीय तहमा नेपाली कांग्रेस र चार वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएसँगै नौगाडमा कांग्रेस कार्यकर्ताले राजीनामा घोषणा गरेका छन् । गाउँपालिकामा कांग्रेसलाई नै अन्धकारमा राख्ने गरी गठबन्धन भएको भन्दै संयुक्त रुपमा कांग्रेस कार्यकर्ताले राजीनमा दिएका हुन् । कांग्रेसको तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्षका प्रत्याशी लालबहादुर धामी नेतृत्वमा दर्जनौं कायकर्ताले एकमुष्ठ साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरमलसिंह धामी, क्षेत्रीय प्रतिनिधि बिरेन्द्रसिंह ठगुन्ना, क्रियाशिल सदस्य बिक्रमसिंंह धामी, नेपाली कांग्रेस नौगाड गाउँकार्य…

Read More

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले आज उक्त परमादेश गरेको हो । परमादेशमा भनिएको छ, “प्राकृतिक स्रोतको दोहन गरी गिट्टी, ढुङ्गा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू÷नगराउनू ।” अदालतको आदेशसँगै सरकारले कानुन बनाएर मात्र ढुङ्गा–गिट्टी निकास गर्न पाउनेछ । अदालतले वातावरण संरक्षणको प्रभावकारी व्यवस्था मिलाउन र प्राकृतिक…

Read More

काठमाडौं काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

Read More

डोटी- स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो¥याउने भएको छ । हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहो¥याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिंहलाई नै दोहो¥याउने निर्णय गरेको छ । उता आदर्श गाउँपालिकामा डम्बरबहादुर वली गाउँमै मतदान गरेर अध्यक्षका लागि चयन हुनुभएको छ । यसैगरी बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा…

Read More

कैलाली- विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफ आर्मीलाई ३–२ ले हराउँदै फाईनलको यात्रा तय गर्न सफल रह्यो । एपिएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काइन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो…

Read More

कीभ- रूसले फेब्रुअरीको अन्त्यमा यूक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार बताएको छ । यूक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।” उहाँले भन्नुभयो, “मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।” डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाल युद्धको कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने उहाँले बताउनुभएको छैन । अवैध रुपमा सीमा पार गर्न खोजेको आरोपमा दुई हजारभन्दा बढीलाई पक्राउ गरिएको पनि उनले…

Read More

ललितपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा आज युवा सङ्घ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।” उहाँले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताउनुभयो । अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गर्नुभयो । उहाँले नेपाल विकसित नहुने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको…

Read More

जुम्ला- जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताउनुभयो । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् । प्रनाउ चन्दले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान…

Read More