काठमाडौं– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।
Facebook Comments Box