Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृहसचिवसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सवार विमानले सिमरामाथिको आकाशमा दुई घण्टा बढी समय चक्कर काटेको छ । अमेरिकाबाट सपत्नी फर्केका सचिव एकनारायण अर्याल,प्रहरी प्रमुख बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एअरवेजको विमान निर्धारित समयभन्दा दुई घण्टा ढिलो काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । वर्षाका कारण काठमाडौं र मकवानपुरमाथिको आकाशमा भिजिबिलिटी कम भएपछि कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ विमान साँझ ६ बजे र ३५ मीनेटमा अवरण गरेको छ । उक्त विमान पौने ५ बजे नै अवतरण गर्नुपर्ने थियो । सचिव अर्याल,आइजी कुँवर र अर्याल गत साता…

Read More

काठमाडौं : नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै…

Read More

धनगढी : अछाममा प्रहरीले छाउगोठ भत्काएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ६ तोलीमा रहेका छाउगोठ भत्काएको हो । इलाका प्रहरी कार्यालय विनायकको आयोजनामा प्रहरी टोली, स्थानीय, जनप्रतिनिधि लगतायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More

धनगढीः कैलालीमा चट्याङ पर्दा एक जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१० घूईयाघाटका ७६ वर्षीय हरीलाल राना घाइते भएका हुन। राना सोमबार घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएका हुन। घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि सकिएन। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मंगलबार दिनभर बहस भए पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। गत असार ७ गते पनि यही इजलासमा दिनभरजसो सुनुवाइ भएको थियो। लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नपरेको भनी पत्र लेखेको थियो। उक्त पत्रको वैधानिकता जाँच हुनुपर्ने जिकिर पनि रिटमा गरिएको छ।…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ।  थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो। न्यायाधीश शकुन्तला कार्कीृको इजलासमा सुनुवाइ भएको थियो।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ। उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

Read More

धनगढी : पछिल्लो समय एकपछि अर्को टेलिभिजन टाट पल्टिएको रेकर्डहरु सार्वजनिक भैरहेका छन्। कोभिडपछि धरासयी बनेको सञ्चार क्षेत्र अहिलेसम्म माथि उठ्न सकेको छैन। अर्थ र विज्ञापन बजार ओरालो लागेपछि केही टेलिभिजन र पत्रीका लगायतका सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन् भने केहीले कर्मचारीलाई तलबै दिन नसक्ने अवस्थामा छन्। अस्तिमात्रै नेपालकै ठूलो टेलिभिजन मानिने भाष्करराज राजकर्णिकारको एभिन्युज टेलिभिजन टाट पल्टिएको खबर आएको थियो। सो टेलिभिजनले आर्थिक संकटले टाट पल्टिएपछि आफ्नक स्थापना कालदेखि रहेका व्युरो कार्यालयहरु खारेज नै गरेको सार्वजनिक सूचना जारी गरेको थियो। त्यसका साथै टेलिभिजनका कर्मचारी कटौती गर्नेदेखि तलब नदिनेसम्मका समस्या टेलिभिजनले झेल्दै आएको थियो। यहीँ क्रममा सुदूरपश्चिमतिरका सञ्चालक रहेको टिभी…

Read More

काठमाडौं : प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएसँगै प्रहरी संगठत पनि तरंगित भएको छ । कांग्रेस–एमालेको सरकार बन्ने भएपछि कांग्रेस निकट प्रहरी अधिकारीहरु उत्साहित भएका छन् । केपी ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले गृहमन्त्री पाउने बताइएको छ । साथै सरकार ढलसँगै एक साताअघिको बढुवा सिफारिस समेत कार्यान्वायन हुने–नहुनेमा आशंका व्यक्त गरिएको छ । गत १० असारमा डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो । १९ गतेबाट एआइजी उमेशराज जोशीले अवकाश पाएर रिक्त हुने पदमा उनको सिफारिस भएको थियो । उमेरहदका आधारमा पोखरेलले पनि २१ असारमा अवकाश पाउँदैछन् । त्यसकारण १९ गते नै उनको बढुवाको निर्णय भइसक्नुपर्ने हुन्छ…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो। कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो। त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ। तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन्। कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ। महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए। ‘विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो’, सुनारले भने– ‘यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास…

Read More

धनगढी : शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका– ५ का ४५ वर्षीय डम्बरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए । जंगलमा घाइते फेला परेका उनको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो । निर्माण व्यवसायी भट्ट पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ । निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका छन् । देवभूमि कन्स्ट्रक्सनका सञ्चालक रहेका उनको मृत्यु प्रकरणबारे सूक्ष्म अनुुसन्धान गर्न भन्दै निर्माण व्यवसायी संघ डडेल्धुराले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सोही घटनाबारे मृतक डम्बरदेवकी छोरी कुसुमले पनि आफ्नो बुवाको हत्या राज्यलेनै गरेको…

Read More