Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिनुभयो । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो । गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मती धमिलो पानी बढेको…

Read More

काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बताउनुभयो । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ । रासस

Read More

काठमाडौं- नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र…

Read More

काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा सातवटै प्रदेशको डेस्क हेर्ने गरि सहमहामन्त्रीलाई जिम्मेवारी प्रदान गरेको छ । स्थानीय तह निर्वाचनको केन्द्रीय परिचालन समिति बिस्तार गर्दै सात सह–महामन्त्रीलाई सात प्रदेशको जिम्मा दिएको हो । उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित समितिको बैठकले पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ राखेर हेर्ने जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई तोकेको छ। उनले सातवटै प्रदेशमा समन्वय गर्ने गरि सात सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोकिएको हो। समितिको निर्णय अनुसार प्रदेश नं. १ मा जीवन परियार, मधेश प्रदेशमा भीष्मराज आङ्दम्वे, वाग्मती प्रदेशमा फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’ लुम्विनी प्रदेशमा महेन्द्र यादव, कर्णाली प्रदेशमा बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा…

Read More

सप्तरी- सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ । सो आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । रासस

Read More

कैलाली- कैलालीको धनगढीमा सोमबारदेखि मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो । पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले…

Read More

कैलाली- सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपीएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन् । पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रबाट पाँच जनाको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रको गाउँ कमिटीले एक पत्रकारसहित पाँच जनाको नाम जिल्ला समन्वयलाई समितिलाई सिफारिस गरि पठाएको छ । पालिकाको अध्यक्ष पदका लागि आकांक्षी पत्रकार कृष्णराज गिरी, ईश्वरीदत्त भट्ट, नन्दकिशोर सार्की, कैलाशचन्द्र गिरी र कल्पना गिरीरलाई सिफारिस गरिएको छ । यस्तै पालिकाको उपाध्यक्षमा नैनु गिरी, सुरेन्द्र कोइरालाको नाम सिफारिस भएको गाउँ कमिटीले जनाएको छ । पत्रकार गिरी लामो समयदेखि राजनीतिक विटमा पत्रकारित गर्दै आएका थिए । साथै उनी प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् । बेल्डाँडीमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र…

Read More

काठमाडौं यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन दलले पाँचवटा महानगरपालिकाको भागबण्डा मिलाएको छ । सोमबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको दोस्रो बैठकले ६ महानगरपालिकामध्ये पाँचवटाको मागबण्डा टुंग्याएको हो । पाँचमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका लिने सहमति भएको छ । कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीले बताए । बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ । पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ…

Read More

काठमाडौं0 भक्तपुरको बिस्काः जात्रामा रथले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेको प्रहरीले जनाएको छ। रथले किचेर घाइते भएका कसपालको उपचारका क्रममा भक्तपुर अस्पताल मृत्यु भएको हो । जात्रामा अप्रिय घटना भएपनि रथ तान्ने क्रम भने नरोकिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ । दुवै…

Read More