Author: महेन्द्रनगर पोष्ट

काठमाडौं– धादिङमा बसले कारलाई ठक्कर दिँदा त्यसमा सवार ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै दुर्घटनामा घाइते धादिङको…

Read More

कञ्चनपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष र मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । नगर विकासका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना र कान्तुराम पनेरु र मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख विशनसिंह थापासहित ६४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोप–पत्र दायर गरेको हो । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण…

Read More

कञ्चनपुर- तत्कालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वको जग्गा गैरकानूनी तवरले लिज तथा विक्रीवितरण गरि सरकारी सार्वजनिक सम्पतीको हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यक्षसहित कान्तुराम पनेरुसहित १४ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । समितिमा रहेका कर्मचारीलाई जग्गा वितरण गरेको अवस्थामा सहानुभूतिपूर्वक प्राथमिकता दिने भन्ने निर्णयलाई तोडमोड र अपव्याख्या गरि २०६४/९/६ गतेको तत्कालिन नगर विकास अध्यक्ष पनेरुको एकल तोक आदेशले कर्मचारीलाई गैरकानूनी तरिकाले जग्गाको हक हस्तान्तरण गरेको आरोप छ । सो कार्यमा संलग्न अध्यक्ष पनेरु, समितिमा कार्यरत कर्मचारीहरु, जग्गा दर्ता श्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयविरुद्ध कानून अनुसार माग दाबी लिई विशेष अदालत काठमाडौंमा अख्तियारले आरोप पत्र…

Read More

धनगढी – आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमलेको प्रदेश कमिटीले ८८ मध्ये ७७ स्थानीय तहको उम्मेदवार टुङ्गयाएको छ भने ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको बताएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । कुुन स्थानीय तहमा को उम्मेदवार ?कैलालीधनगढी उपमहानगरपालिका : मेयर– रणबहादुर चन्द, उपमेयर– कन्दकला रानाथारुटीकापुर नगरपालिका : मेयर– श्याम खत्री, उपमेयर–अनुपा केसीलम्कीचुुहा नगरपालिका : मेयर– महादेव बजगाईं, उपमेयर– जुना चौधरीघोडाघोडी नगरपालिका : मेयर– ममताप्रसाद चौधरी, उपमेयर– करुणा बमगौरीगंगा नगरपालिका : मेयर–…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)लेआसन्न स्थानीय तह निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आइतबार घोषणापत्र सार्वजनिक गरेको हो । केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरूले घोषणापत्रका विषयमा आफ्ना धारणा राखेका थिए ।

Read More

कैलाली – कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएकाे छ । कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हाे । आइतबार दिउँसो कैलारी गाउंपालिका स्थित बिपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए । उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानविय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जाेशीले जानकारी दिए तर आगो भने नियन्त्रणमा आएको छैन ।…

Read More

ताप्लेजुङ – ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु घुससहित पक्राउ परेका छन् । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिइरहेका बेला पनेरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। गएको साउनदेखि चलेको यो प्रक्रियाको कागजी प्रक्रिया भइसकेको र लेनदेनकै कारण सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा पनेरु पक्राउ परेका हुन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । स्थानीय तहका निर्वाचनका लागि कांग्रेसको संकल्प सर्वजनिक गरेलगत्तै शीर्ष नेताहरू बैठकमा जुटेका हुन् । विराटनगरसहितका महानगर तथा अन्यत्र पनि समस्या देखिन थालेपछि त्यसको व्यवस्थापनको खाका तयार पार्न शीर्ष नेताको बैठक बसेको हो । बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएको छ । काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन ।

Read More

काठमाडौं- पूर्व हेभिवेट बक्सर माइक टाइसनले विमानभित्रै एक यात्रुलाई मुक्कैमुक्का हानेका छन् । पानीको बोतल फालेपछि टाइसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । घटनाका दौरान विमानमा खिचिएको एउटा भिडियोमा टाइसनले एकजना अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् । टाइसनको ‘एक आक्रामक यात्रुसँग विवाद’ भएको र ती यात्रुले टाइसनलाई ‘दुर्व्यवहार’ गरेको उनको प्रवक्ताले जनाएका छन् । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो । एकजनालाई क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा उपचार भइरहेको बीबीसीले जनाएको छ । घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् । घटनाबारे…

Read More

काठमाडौं–  बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिएको हो । धितोपत्र बोर्डको अनुमति पछि उक्त कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ । यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ । बाराही हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Read More