Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भाेली बिहीबार नयाँ वर्षकाे दिन घोषणापत्रलाई अन्तिम रुप दिने भएको छ। पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रुपमा छलफल भएको उनले बताए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल गठन गरेको थियो। घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ।

Read More

कैलाली जिल्ला सुरक्षा समिति कैलालीले कैलालीको चुरे क्षेत्रका मतदान स्थलको अनुगमन निरीक्षण गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदान स्थलको अनुगमन निरीक्षण गर्नेक्रममा प्र्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले बुधबार चुरे गाउँपालिकामा रहेका विभिन्न मतदान स्थलको अनुमगन गरेको हो । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले चुरेका सहजपुर, निगालीको अलाड, खानीडाँडालगायतका मतदानस्थलको अनुगमन गरिएको बताए । मतदान स्थलमा सुरक्षा संवेदनशिलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र पतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन गरेको उनले बताए । कुन मतदान स्थलमा कति सुरक्षाकर्मी परिचालन गर्ने…

Read More

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा बुधबार आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे ।उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल…

Read More

सुर्खेत – नापी कार्यालय सुर्खेतले भू- अभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्य सुरु गरेको जनाएको छ। नेपालमा जग्गाको लिखत रजिस्ट्रेसन प्रारम्भको एक सय वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा नापी कार्यालयले डिजिटल सेवा सुरुआत गरेको जनाएको हो। नेपालमा पहिलोपटक १९७९ वैशाख १ गते जग्गा जमिन किनबेच र रजिस्ट्रेसन नीतिसँगै पोता रजिष्टे«शन गर्ने व्यवस्था सुरु भएको थियो। नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले सूचना प्रविधिमैत्री सेवा प्रवाह गर्न थालिए पनि लामो समयदेखि कर्मचारी अभावको समस्या भने कायमै रहेको बताए। उनका अनुसार हाल कार्यालयमा चारचार अमिन र सर्भेक्षक कार्यरत छन्। ‘आठ जना अमिन र सर्भेक्षकले वीरेन्द्रनगरसहित पाँच…

Read More

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् । नयाँ वर्ष २०७९ सालको अवसरमा बिहीबार एक सुभकामना सन्देश दिंदै शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने धारणा राखेका हुन् । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ । ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले आफ्नो सुभकामना सन्देशमा भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’ उनले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै…

Read More

काठमाडौँ – नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

Read More

काठमाडौँ- जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । आयोगको आचारसंहिता जनप्रतिनिधिले पुनः स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । तर, सर्वोच्चले उक्त प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्याधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि सुनुवाइको पेसी न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अहिले निवेदनमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा…

Read More

ओखलढुङ्गा – यहाँ जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । दुर्घटनामा…

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले २० वटा बिजुली गाडी खरिद गरेको छ। केन्द्रीय कार्यालय कर्पोरेट कामको लागि विजुली गाडी खरिद गरिएको हो। पेट्रोलियम पदार्थबाट चल्ने सवारी कम गर्दै विद्युतीय सवारीको प्रयोग बढाउने उदेश्यले टाटाको विद्युतीय नेक्सन खरिद गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले बताए। भट्टराईका अनुसार प्राधिकरणले छोटो दुरीका लागि विस्तारै अन्य पनि बिजुली गाडी किन्ने योजना बनाएको छ। बिजुली गाडी खरिद गरेपछि प्राधिकरणका चालकहरूले बिजुली गाडी नचलाउन लबिङ गरेका विषयहरू पनि बाहिरिएका छन्। विद्युतीय सवारीमा तेलको सुविधा नपाइने र मर्मतको पैसा निकै कम हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूहरु नचलाउने जुक्ति लगाउन थालेका हुन् । उनीहरुले ति विद्युतीय सवारी…

Read More

सुर्खेत – सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More