Author: महेन्द्रनगर पोष्ट

सिमिकोट- धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ ।- सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हात खुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० जनाभन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताउनुभयो । छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक धामीले बताउनुभयो । छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो । पहिलो दिन…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो जस्ता साना सवारीसाधनहरु संचालन गरिएको भन्दै काठमाडौँको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले भने,‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर दिएका थिए…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ७४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री बडूले बिहीबार पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई आजै नयाँ जिम्मेवारी तोकेकी हुन् । पदभार ग्रहणका क्रममा मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन र नयाँ नीति निर्माण संगठन तथा व्यवस्थापनका लागि मन्त्रालयमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ । यसैगरी, मन्त्री बडूले मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका सबै समस्या एवं चुनौतीहरु समाधान गर्नुपर्नेमा जोड दिए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तात्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने…

Read More

मलङ्गवा – सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी…

Read More

काठमाडौं – नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेलाई एक्लै हराउन नसकिने डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको आरोप लगाएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले सो आरोप लगाएका हुन् । एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए । एमालेले एक्लै चुनावमा जाने बताए पनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनको भनाइ छ । उनले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताएका छन् । बस्नेतले प्रचण्ड र माधव नेपालको…

Read More

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थको उपस्थितिमा सपथ गराएकी थिइन् । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।

Read More

काठमाडौं – नेकपा एमालेले निर्वाचन आचारसंहितामा असहमति जनाएको छ । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ ।

Read More

कैलाली- नेपाली काँग्रेस कैलालीले गठबन्धनबारे सुझाव संकलनका लागि प्रत्येक स्थानीय तहमा खटाइएका जिल्ला प्रतिनिधिहरुले प्रतिवेदन बुझाएका छन् । काँग्रेसले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गर्नु अघि नै प्रदेश स्थानीय तहमा खटाइएका प्रतिनिधिहरुले सुझाव संकलन गर्दै प्रतिवेदन तयार पारेर काँग्रेस जिल्ला कार्यसमितिलाई बुझाएका हुन् । काँग्रेस कैलालीले विभिन्न जिम्मेवारी तोक्दै जिल्लाका प्रत्येक स्थानीय तहमा खटाइएका जिल्ला प्रतिनिधिहरुले सुझाव संकलन गर्दै मंगलबार बसेको बैठकमा प्रतिवेदन बुझाएको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । बुझाइएका प्रतिवेदनहरु कम्पायल गर्ने काम भइरहेको उनले बताए । जिल्ला प्रतिनिधिहरुको भनाई र प्राप्त प्रतिवेदन अनुसार चुनावमा जित हात पार्न कुनैपनि दलसंग गठबन्धन आवश्यक नभएको सुझाव…

Read More

काठमाडौँ – गोविन्द प्रसाद शर्मा (कोइराला)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्। बिहिबार प्रधानमन्त्रीको सिफारिसलाई गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई मन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम नयाँ मन्त्री थपेकी हुन्। यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्रीले सम्हालीरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी छन् ।

Read More