Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज(बिहीबार) दिउँसो ३ बजे बस्ने गरी बोलाएका हुन् । बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा ५० लाख बढी मत आफुहरुले ल्याउने दावी गरेका छन् । अघील्लो चुनावमा ३२ लाख मत ल्याएको बताउँदै उनले यो पटक नयाँ थपीएका ३६ ला मतदाता मध्ये २० लाख आफ्नै पक्षमा रहेको दावी गर्दै उनले ५० लाख बढी आफुहरुले मत ल्याउने बताएका हुन् । प्रेस चौतारी नेपाल झापा शाखाले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला नेताहरुले निशिचत स्वार्थका लागि बनाएको गठबन्धनको विरोध त्यहि भित्रका दलबाट भएकोले त्यसको त्यो असन्तुष्ट समुहलाई समेत अटाउन सक्ने गरि एमालेलेले आफ्नो रणनिती बनाइरहेको उल्लेख गरेका छन् । यदी त्यसो गर्न सकिएमा देशभरनै एमाले गठबन्धनलाई परास्त…

Read More

भक्तपुर – वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा…

Read More

काठमाडाैँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । महामन्त्री शर्माले नेपालमा हिंसाको दश वर्षे कालखण्ड, महाविनाशकारी भुकम्प, नाकाबन्दीलाई रेमिटान्सले टेवा दिएर देशको प्राण भरेको बताउदै तत्काल वैदेशिक रोजगारको विकल्प नभएकाले यस क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न पार्टीका तर्फबाट पहल गर्ने बताए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको एघारौं साधारणसभामा प्रमुख अतिथि शर्माले रोजगारी र अन्य अवसरहरूको खोजीमा एक ठाउँबाट अर्को ठाउँ वा कम विकसित मुलुकबाट विकसित मुलुकमा जाने क्रम वर्तमान विश्वमा सामान्य र स्वभाविक बनेको बताए । महामन्त्री शर्माले यस क्षेत्रमा रहेका कमीकमजोरी सुधार गरेर अघि जानुको विकल्प नरहेको…

Read More

फिलिपिन्स – फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९-१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् । ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइते अस्पतालमा लगिसकिएको प्रजिअ उपाध्यायले बताए । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले…

Read More

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय चुनावमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा मिलेको छ। महानगर र उपमहानगरको भागबण्डा मिलेको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको भागबण्डाको सहमतिलाई लिखित रूप दिने तयारी भइरहेको बैंठकमा सहभागी एक नेताले जानकारी दिए । ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले…

Read More

बुटवल – सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए । राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्व मन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।

Read More

सिरहा – सिरहा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा घाइते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।…

Read More

महोत्तरी – चाइनीज पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) साँझ वर्दिवास नगरपालिका १३ विजलपुरावजारबाट स्थानीय २८ वर्षीय लालबाबु भण्डारीलाई एक थान चाइनीज पेस्तोलसहित नियन्त्रणमा लिएको हो । विवाहको गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट १ थान अटोमेटिक चाइनिज पेस्तोल, सोको म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

Read More