Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष…

Read More

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एकान्त स्थानमा सवारी पार्किङ गर्दा बढी चोरी हुने तथा हराउने गरेको बताउँदै पार्किङ गर्दा विशेष ख्याल राख्न चालकलाई आग्रह गर्नुभयो । “मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना सङ्कलन भइरहेको छ, मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिमाथि महाशाखाले विशेष टोली खटाएको छ”, उहाँले भन्नुभयो…

Read More

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको काठमाडौंमा काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो । एसपी अधिकारी कैलाली आएको नौं महिनाको अवधिमा काजमा सरुवा भएका हुन् । उनको सरुवासँगै प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर कैलालीको एसपीमा आउने भएका छन् । एसपी अधिकारीले आफू काजमा सरुवा भएसंगै उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालको प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । प्रगति विवरण अनुसार उनको कार्यकालमा चालु आर्थिक वर्ष २०७८÷०७९ को नौँ महिनामा यस जिल्लामा जम्मा १०२४ मुद्दा दर्ता भएका छन् ।…

Read More

काठमाडौं- कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राससलाई जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । वर्तमान सरकार गठनलगत्तै सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकतामा राखेको थियो । मन्त्री गहतराजले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै…

Read More

काठमाडौं– गृहमन्त्रालयले नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयले एसएसपीहरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृहमन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं- सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले आज सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको उक्त आदेशसँगै जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने भएको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको जनप्रतिनिधिले पुनः उठ्न आफ्नो पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत चैत ८ गते आयोगको आचारसंहिता कार्यान्वयन…

Read More

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको हो । भेटमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए । भेटमा मुलतः सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे कुराकानी भएको थियो । नेकपाका…

Read More

सप्तरी- हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ । रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो । शवको पोष्टमार्टम चैत ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । जिल्ला प्रहरी कार्यालयले चैत ७ गते उजुरी दर्ता गरी अनुसन्धान…

Read More

झापा- अवैधरूपमा नेपाल भित्र्याइएको रु २० लाख मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो । भारतीय नम्बर प्लेटको सवारीको प्रज्ञापन–पत्र नभएको र को१झ २४४० नम्बरको सवारीमा कपडा लोड गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो । वरामद गरेको कपडा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय झापाले काँकरभिट्टाबाट रु २० लाख मूल्य…

Read More

काठमाडौं- नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौँबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीसँग रु छ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि…

Read More