Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई आकाशमा उडाउने काम गरेको बताएका छन् । काठमाडौंमा आज भएको एक कार्यक्रममा मन्त्री आलेले नागरिकको सेवा गर्नु आफ्नो दायित्व भएको बताउदै अब हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत काठमाडौँ–दिल्लीमा दुई वटा उडान गरिने बताएका छन् । दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउदै बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए । मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वजटा उडान भरिएको…

Read More

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ । सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।

Read More

काठमाडाैं – न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बुधवार बसेको बैठकले एकैसाथ ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुंगा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गर्ने निर्णय समेत गरिएको छ । saruwaDownload

Read More

कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी उच्च माविको खेल मैदानमा बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीका लागि सामान्य स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा गरिएको छ। उक्त खेल मैदानमा युवती, महिलाहरुको सामान्य स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा गरिएको हो। इन्सपेक्टरको कमाण्डमा खटिएका सुरक्षाकर्मीले खेल मैदानमा उनीहरुको उचाई, पसअफ, दौड गराएका थिए। बुधवार विहान खेलमैदानमा म्यादीमा फाराम भरेका महिला, युवतीहरु लाईनमा लागेका थिए। लाईनमा कोही निराश थिए भने कोही खुसीले दंग थिए। प्रहरीले लाईनमा लागेकाहरुलाई पालैपालो उचाई नापेका थिए। उचाई कम हुनेलाई भने लाईनबाट पहिले नै बाहिर निकालेका थिए।

Read More

कैलाली-कैलालीको धनगढीमा निर्माणाधीन सिटी हलको चैतको अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ। २०७६ माघदेखि निर्माण सुरु भएको सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। संघीय सरकारले २५ करोड २६ लाखमा निर्माण गरिरहेको सिटी हलको कार्य सम्पन्न पछि धनगढी उपमहानगरपालिकाको मातहतमा आउने बताईएको छ। धनगढी सिटी हलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको इन्जिनियर प्रमोद पन्तले बताए। काठमाडौंको राष्ट्रिय सभा गृहको मोडलमा धनगढीको सिटी हल निर्माण भएको हो, इन्जिनियर पन्तले भने,-‘सिटी हलमा भिआईपी कक्ष, सेविनार हल सानो, एक हजार कुर्सी अटाउने हल अण्डर गराउण्ड पार्किङ्गको व्यवस्थासहित रहेको छ।’बाहिरीको फिनिसिङको काम यो हप्ता सम्पन्न गरिने गरि काम भईरहेको उनले बताए। चैत…

Read More

कञ्चनपुर – कञ्चनपुरमा बँदेलको आक्रमणमा परेर एक पुरुष घाइते भएका छन। शुक्लाफाँटा नगरपालिका ६ कसरौलका ५५ वर्षीय आनन्दसिंह भाट बँदेलको आक्रमणमा परेर घाइते भएका हुन। उनलाई बिहान मनिङ वाकमा गएको बेला बदेलले आक्रमण गरेको थियो। उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

अछाम-अछाममा बलकात्कारको झुटो मुद्धा दिने युवतीलाई जेल सजाय तोकिएको छ। जिल्लाको कमलबजार नगरपालिकाकी एक १९ वर्षीया युवतीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाइएको हो। जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको हो । बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिदै अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो। अछाम प्रहरी प्रमुख रविराज थपलियाका अनुसार आरोपितले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगले बलात्कारमा उजुरी गरेर फसाउन खोजेको भन्दै अदालतले कैद फैसला गरेको हो। ती युवतीले नन्दरामले माघ १५ गते राती आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

Read More

राम धामी ,डडेल्धुरा-पछिल्लो समयमा निकै सिर्जनसिल र लोकप्रीय काम गरेर जिल्लामा क्रियासिल पत्रकारहरुको हक हित प्रवद्र्धनमा सकृय नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार सिर्जनात्मक रुपमा नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाएको छ। नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा जिल्लामा क्रियासिल पत्रकारहरुको निशुल्क आँखा जाँच र उपचार समेत गरिएको छ। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा २४ जना क्रियासिल पत्रकारहरुले आँखा जाँच गरिएको छ भने सात जना पत्रकारहरुलाई निशुल्क चस्मा र अन्य आँखाका बिरामी पत्रकारहरुको आँखाको उपचार गरिएको हो। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनमा आयोजित आँखा जाँच तथा उपचार कार्यक्रमको ब्यानर पढेर महासंघका सुदूरपश्चिम प्रदेश…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ५ हजार १ सय ९२ परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा भने संक्रमित थपिएका छैनन् । मन्त्रालयले गत २४ घण्टामा ७७ जना कोरोनामुक्त भएको जनाएको छ भने कुनै पनि संक्रमितको मृत्यु नभएको जनाएको छ । नेपालमा अहिलेको अवस्थामा १ हजार १४६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ । शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो । शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

Read More