अछाम-अछाममा बलकात्कारको झुटो मुद्धा दिने युवतीलाई जेल सजाय तोकिएको छ। जिल्लाको कमलबजार नगरपालिकाकी एक १९ वर्षीया युवतीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाइएको हो।
जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको हो । बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिदै अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो।
अछाम प्रहरी प्रमुख रविराज थपलियाका अनुसार आरोपितले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगले बलात्कारमा उजुरी गरेर फसाउन खोजेको भन्दै अदालतले कैद फैसला गरेको हो। ती युवतीले नन्दरामले माघ १५ गते राती आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्।
Facebook Comments Box