Author: महेन्द्रनगर पोष्ट

रुपन्देही – रुपन्देहीको बुटवलस्थित एक वडा प्रहरी कार्यालयमा हिरासतमा रहेका पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । चोरीको अभियोगमा पक्राउ परी हिरासतमा रहेका बुटवल–११ रूपन्देहीका रूद्रबहादुर नेपाली हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आइतबार बिहान घाँटीबाट रगत आइरहेको अवस्था भेटिएपछि उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अहिले उनको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ । प्रादेशिक अस्पतालमा सरसफाइको काम गर्ने नेपालीलाई विभिन्न तामाका तारहरू चोरी गरेको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँग तामाका तारहरू भेटिएपछि प्रहरीले हिरासतमा राखेको थियो । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख डीएसपी ठगबहादुर केसीले हिरासतमै उनले आत्महत्याको प्रयास गरेको…

Read More

एजेन्सी– श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । बिरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।

Read More

एजेन्सी – पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीद्वारा ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्ले संविधानको धारा ५ का आधारमा खारेज गरेसँगै प्रधानमन्त्री खानले संसद् भंग गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेसँगै यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सोही रिटमाथि सुनुवाई गर्दै पाकिस्तानी सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । यससँगै पाकिस्तानमा राजनीतिक…

Read More

काठमाडौं – महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बलात्कारका घटना बढेको जनाएको छ । एक महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २१ प्रतिशत बलात्कारका घटना रहेको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।​ ओरेकका अनुसार फागुन महिना मा २७ वटा बलात्कारका घटना भएका हुन् । बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् । त्यस्तै, तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले…

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Read More

काठमाडौँ- काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।’

Read More

बुटवल – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए । २०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई संबोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन”–उनले भने । अघिल्लो स्थानीय तहको निर्वाचन भएको चारवर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने…

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

बैतडी – बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तिममा आएर कोटा थप गरिएको हो । प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए । सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पिकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ । लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए । उनले भने,‘हामीले लिखित…

Read More

पोखरा – कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।

Read More