Author: महेन्द्रनगर पोष्ट

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका नवनियुक्त अध्यक्ष दिपक राज जोशीले पदभार ग्रहण गरेका छन् । जोशीले बुधबार अस्पतालमा पदभार ग्रहण गरेका हुन् । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जोशीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा चैत्र ३ गते सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई नियुतm गरेको थियो । जोशीले अस्पताललाई जिल्लाकै नमूना अस्पताल बनाउन आफू तल्लीन रहेने प्रतिबद्धता व्यक्त पनि गरेका छन । उनले भने, ‘समस्यालाई सल्टाउँदै चुनौतीलाई अवसरको रुपमा लिएर यो अस्पताललाइ जिल्लाकै उत्कृष्ट अस्पताल बनाउन लाग्ने छु । उनले अस्पताल प्रशासन, नगरवासी र जिल्ला र प्रदेशको सल्लाह लिएर अघि बढ्ने बताए । नेकपा माउवादी केन्द्रका…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्तकुमार पन्त, धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त…

Read More

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २४ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण देखिएको छ । २४ घण्टामा पीसीआर ३ हजार ६२३ र १३२८ एन्टिजेन गरी ४ हजार ९५१ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ८९ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८१ रहेको छ।

Read More

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणनास्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो । सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ । छपाई आजैबाट सुरु हुने छ ।

Read More

नानिङ – दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए। करिब एक करोड वर्ग मिटर वरिपरिखोजि कार्य जारी राखिएको थियो। खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो । कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २.३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मार्च २१ मा १२३…

Read More

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे । त्यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए ।…

Read More

काठमाडौं – भन्सार छली गरी मोबाइल ल्याएको भन्दै एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय आशिक श्रेष्ठलाई नागार्जुनबाट पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठको मोबाइल पसल खानतलासी गर्ने क्रममा विभिन्न ब्राण्डका दुई लाख मूल्य बराबरका ३० थान फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानमा आईफोन, सामसङ, वनप्लस, ओप्पो, रेड्मी, भिभो, रियलमी लगायत ब्राण्डका फोन कर छली गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले सर्लाही जिल्लाको बागमती नगरपालिका –७ नीमीचोकमा भएको घटनापछि सृजित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई टेलिफोन गरी स्कुले बालिकाको हाइड्रो क्रेनको ठक्करबाट मृत्यु भएपछि सृजित परिस्थितिलाई बल प्रयोग नगरी शान्तिपूर्णरूपमा समाधान गर्न निर्देशन दिएका हुन् । प्रजिअ गौतमले गृहमन्त्रीबाट शान्तिपूर्ण रूपमा परिस्थितिको समाधान गर्न निर्देशन भएको जानकारी दिए । ‘घटनाबाट सृजित परिस्थितिको शान्तिपूर्ण रूपमा समाधान निकाल्न मन्त्रीज्यूबाट निर्देशन भएको छ । हामीले त्यसै अनुरूप सबै पक्षसँग वार्ता र छलफल गरेर समस्याको निराकरण गर्ने प्रयास गरिरहेका छौँ,’ प्रजिअ गौतमले भने । बिहीबार मध्यान्ह तिर बिागमती न।पा।७ निमीचोकको…

Read More

सप्तरी – सप्तरी प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका- ९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनकाे साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेकाे प्रहरीकाे दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत क्षमता र दक्षता दुबै नभएका कारण कटौती गरेको आरोप लगाएका छन् । काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ आरोप लगाउदैं उनले भने ‘चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’ उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने पनि बताए ।

Read More