Author: महेन्द्रनगर पोष्ट

कोलम्बो- चरम आर्थिक सङ्कटका कारण श्रीलंकामा औषधिसमेत अभाव हुन थालेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेको छ । अधिकारीहरुले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ। अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्। दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्यवृद्धि पनि अत्यधिक भएको छ। अभाव र मूल्य वृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ। तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री…

Read More

विराटनगर- मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको को जहदा गाउँपालिका–७ मा ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीया पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । माधव पदार्थ सेवन गरेर आएका नारायणले गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजेतिर मृत्यु भएको हो । मापसे गरेर उत्पन्न विवादपछि घटना भएको प्रहरीले जनाएको छ। पत्नीको हत्यामा संलग्न नारायण फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७…

Read More

काठमाडौं- पछिल्लो तथ्यांकले नेपालमा मासिक चार अर्ब बढीको सुन आयात भएको देििखएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ६८ करोड बढिको सुन आयात भएको छ । मासिक औषतमा ४ अर्ब ८ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको ५ लाख ४३ हजार ग्राम सुन आयत हुने गरेको हो ।चालु आवको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा ३२ अर्ब ६८ करोड ४१ लख ६८ हजार रुपैयाँ बराबरको ४३ लाख ४५ हजार २०० ग्राम सुन आयात भएको भन्सार विभागले जनाएको छ । अहिले भने सरकराले विलासी बस्तुहरुको आयात रोकेको छ । पछिल्लो समय…

Read More

काठमाडौं- लामो समयसम्म प्रेम सम्बन्धमा रहेका बलिउड कलाकारद्वय आलिया भट्ट र रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले बिहीबार सीमित साथीभाइ र परिवारका सदस्यबीच हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । उनीहरुले साक्षीको रुपमा भन्दै विवाह स्थलमा ऋषि कपुरको ठूलो तस्बिर राखेका थिए । आलियाले पनि आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन्। उनीहरुको विहेको तस्बीरहरु सार्वजनिक भएका छन् । हेर्नुहोस् तस्बिरहरू

Read More

काठमाडौं – बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ । यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम…

Read More

काठमाडौँ– सुनसरीको झुम्का कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा कारागारको ‘ए’ ब्लकका कैदीबन्दीबीच बुधबार झडप भएको हो। ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई कारागार व्यवस्थापन विभागले भीमफेदी कारागार, मकवानपुर सरूवा गरेपछि रिक्त ठाउँमा को चौकीदार बन्ने भन्ने विषयमा कैदीबन्दीबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको जेलर प्रदीय शाहले जानकारी दिए। घाइते सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ।

Read More

काठमाडौं-राजनीतिक दलहरुले एक अर्काको चुनाव चिन्हबाट चुनाव लड्ने सहमती गरेपछि निर्वाचन आयोगले चासो देखाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको व्यक्ति जुन दलको चनाव चिन्हबाट निर्वाचन लडेको हो सोही दलर्लाइ मात्रै चिन्ने जनाएको छ । आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव चिन्हबाट निर्वाचन लडेको हो त्यही दलको उम्मेदवारका रुपमा मात्र चिन्ने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जुन चिन्हबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ ।’ आयोगले चुनाव चिन्ह एउटाबाट लडेर अर्को दलको हो भन्ने नचिन्ने…

Read More

काठमाडौं – नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन…

Read More

काठमाडौं– आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट…

Read More