कोलम्बो– चरम आर्थिक सङ्कटका कारण श्रीलंकामा औषधिसमेत अभाव हुन थालेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेको छ ।
अधिकारीहरुले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ। अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्।
दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्यवृद्धि पनि अत्यधिक भएको छ।
अभाव र मूल्य वृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ। तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहे पनि प्रभावकारी काम हुन सकेको छैन।
Facebook Comments Box