विराटनगर– मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको को जहदा गाउँपालिका–७ मा ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीया पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
माधव पदार्थ सेवन गरेर आएका नारायणले गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजेतिर मृत्यु भएको हो । मापसे गरेर उत्पन्न विवादपछि घटना भएको प्रहरीले जनाएको छ। पत्नीको हत्यामा संलग्न नारायण फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box