Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् । भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Read More

नयाँदिल्ली — भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता सुरु भएको हो । औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ । यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् ।

Read More

दार्चुला – नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ ।स्वास्थ्य कार्यालय, दार्चुलाका खोप फोकलपर्सन विरेन्द्र भट्टका अनुसार, १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ । दार्चुलामा यो उमेर समूहमा ३६ हजार जना बालबालिका रहेका छन् । चैत्र २५गते देखि ३० गतेसम्म खोप लगाइँदैछ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई स्कुले हुने भएकाले स्कुललाई खोप केन्द्रका रूपमा विकास गरेर अघि बढिएको छ । फोकलपर्सन भट्टले बढी विद्यार्थी भएको स्कूललाई खोप केन्द्र मानिएको…

Read More

विराटनगर – विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत भेटिएका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका-१ घर भएका अन्दाजी २७ वर्षीय यादव नोबेल अस्पतालको हाड जोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए। उनी विगत ४ वर्षदेखि विराटनगर-४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर डेरा बस्दै आएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको हो। दाहालका अनुसार आफू बस्ने कोठाबाट मुनिको भुईँमा घोप्टो परिरहेको अवस्थामा यादवको शव देखेपछि स्थानीयले बिहान ७ बजेतिर प्रहरी र अस्पताललाई घटनाको जानकारी…

Read More

कैलाली – कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । उनले भन्, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।’ तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ । सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको…

Read More

एजेन्सी – राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति जारी कर्फ्यु आदेश शुक्रवार बिहान हटाइएको छ। राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। केही घण्टामै कर्फ्यु हटाइएको टाइम्स अफ इन्डियाले जनाएको छ। चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावविरुद्ध बिहीबार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउनुका साथै बसमा आगजनीसमेत गरेका थिए। राष्ट्रपति गोटबय राजपक्षले हिंसात्मक आन्दोलन गर्नेलाई उग्रपन्थी तत्त्व भनेका छन्। पर्यटनले धानेको श्रीलङ्काको अर्थतन्त्र कोरोना महामारीपछि सङ्कटपूर्ण अवस्थामा पुगेको छ। आर्थिक मन्दीपछि सडकमा उत्रिएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले…

Read More

दार्चुला – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । हिमाली जिल्ला दार्चुलामा भने भर्ना हुन आउने अधिकांश युवाहरु भारत गएर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन आएका यी स्थानीय युवाहरुलाई भारत जान पटक्कै मन छैन । तर देशमा रोजगार नपाएपछि भारतमा गएर पसिना बगाउनुको विकल्प पनि छैन ।म्यादी प्रहरीमा भर्ना हुन आउने अधिकांश युवाहरु भारत गएर फर्किएका छन् । रोजगारको व्यवस्था नहुँदा उनीहरु घरमै बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीका लागि सरकारले व्यवस्था नगर्दा भारत बाध्य भएका हुन् ।थोरै जग्गा…

Read More

दार्चुला – महाकाली नगरपालिका–५ मा बिहीवार राति एक युवकमाथि चक्कु प्रहार भएको छ । करिब १० बजेतिर घरबाटै बोलाएर अभिषेक ऐरीमाथि ५–६ जनाको समूहमा आएका युवा हरुले चक्कु प्रहार गरेको बताइएको छ । घाइतेलाई थप उपचारका लागि भारतको पिथौरागढस्थित अस्पताल लगिएको जिल्ला प्र्रहरी कार्यालय दर्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए । सुचना अधिकारी विश्कर्माकाअनुसार चिनजान कै युवाले राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिइसकेको बताउदै उहाँले घटनामा संलग्न अरुको पनि खोजि भइरहेको जानकारी दिए । एक सातादेखि उक्त क्षेत्रमा रात/बिरात युवाहरु समूहमा हिड्ने गरेका थिए । यो घटनाले पनि ग्याङफाइटको रुप लिन…

Read More

काठमाडौँ – रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार भारत भ्रमणमा आएका लाभरोभले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा लाभरोभले रुस र युक्रेनबीच जारी शान्ति वर्तासहित युक्रेनको अवस्थाको विषयमा जानकारी दिएका थिए। मोदीले लाभरोभसँग जारी हिंसा अन्त्य गर्न आग्रह गरेका थिए। शाति स्थापनाको प्रयासमा कुनै पनि योगदानको लागि भारत तयार रहेको मोदीको भनाइ थियो। यसअघि भारतीय समकक्षीसँगको वार्तापछि भएको प्रेस कन्फ्रेन्समा बोल्दै लाभरोभले भारत र रुसको सम्बन्धमा कुनै पनि किसिमको दबाब नरहेको उल्लेख गरेका थिए। उनले भारतले रुसबाट कुनै किसिमको सामग्री आयात गर्न चाहन्छ भने रुस…

Read More

काठमाडौँ- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमितरूपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्तरूपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ। आज रेलमा दुवै देशका प्रतिनिधि सवारभएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ रेल आउने छ। भोलिदेखि भने तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए। उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ ल्याएको थियो। हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन…

Read More