दार्चुला – महाकाली नगरपालिका–५ मा बिहीवार राति एक युवकमाथि चक्कु प्रहार भएको छ । करिब १० बजेतिर घरबाटै बोलाएर अभिषेक ऐरीमाथि ५–६ जनाको समूहमा आएका युवा हरुले चक्कु प्रहार गरेको बताइएको छ ।
घाइतेलाई थप उपचारका लागि भारतको पिथौरागढस्थित अस्पताल लगिएको जिल्ला प्र्रहरी कार्यालय दर्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए । सुचना अधिकारी विश्कर्माकाअनुसार चिनजान कै युवाले राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरेको खुलेको छ ।
एक जनालाई नियन्त्रणमा लिइसकेको बताउदै उहाँले घटनामा संलग्न अरुको पनि खोजि भइरहेको जानकारी दिए । एक सातादेखि उक्त क्षेत्रमा रात/बिरात युवाहरु समूहमा हिड्ने गरेका थिए । यो घटनाले पनि ग्याङफाइटको रुप लिन सक्ने भन्दै प्रहरीले सुरक्षा निगरानी बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box