Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सञ्चार जगत्सँग आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा यहाँ आयोजित मिडिया अन्तक्र्रियामा उहाँले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग अनुरोध गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।” निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा तुलाधरले निर्वाचनसम्बन्धी…

Read More

काठमाडौं- नेपालमा हाज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी तथा हिमाली भूभागमा चाहिँ आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका…

Read More

मस्को- रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई ‘मुक्तू गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्। ‘हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं,’ सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् । तर वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्। रासस÷एएफपी

Read More

कोलम्बो- गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ । आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताउनुभयो । पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ । श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक सङ्कटको…

Read More

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ । आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारका विषय समावेश गर्न निर्वाचनमा भाग लिने सबै दलहरुलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको…

Read More

कैलाली- आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । मंगलबार चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो । वनदेवीलाई सेमिफाईनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन् ।पहिलो हाफको ६ औं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाइन् । खेलको निर्धारित समय सकिनुभन्दा एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९ औं मिनेटमा अर्को गोल थपिन् । त्यसपछि कुनै पनि गोल हुन नसकेपछि वनदेवीले २–० ले नतिजा आफ्नो पक्षमा पार्यो…

Read More

काठमाडौँ ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त ग¥यो । दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार जितेको छ । लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति…

Read More

जनकपुर- स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा…

Read More

हेटौडा- बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र मागअनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रियात्मक कार्यक्रममा उहाँले सामाजिक विकास मन्त्रालय सबै वर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताउँदै चालु आवको बजेट तथा कार्यक्रम छिटो र प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गर्नुभयो । अपाङ्गता भएकाको क्षमता अभिवृद्धिमूलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री मोक्तानले अपाङ्गता भएकाले छिटो र सहजरूपमा सूचना लिन…

Read More

चितवन- वातावरण संरक्षणका लागि फोहरको व्यवस्थापन घरबाट नै गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनसम्बन्धी बृहत् प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घरबाट निस्किएका फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न सकिने बताए । घरबाट निस्किने फोहरलाई वर्गीकरण गर्दै प्राङ्गारिक मल र पुनःप्रयोग गर्न सकिने उहाँहरुको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घरबाट निस्कने फोहरलाई व्यवस्थापन अहिलेको चुनौति बनेको बताउनुभयो । घरघरबाट निस्किने फोहर व्यवस्थापनमा स्वयं घरधनी लाग्ने हो भने वातावरण संरक्षण र फोहरमैलाको व्यवस्थापन हुने उहाँको भनाइ थियो । अहिले महानगरमा दैनिक ७० टन फोहर उत्पादन हुँदै आएको र…

Read More