Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले आज तीन नायब प्रहरी महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेलगत्तै सर्वोच्च अदालतमा रिट परेको छ । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले लोकसेवा आयोगको सदरपछि बढुवा गरेको केही बेरमै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध केही बेर अघि मात्रै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा…

Read More

ललितपुर- ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए । आयोगले सार्वजनिक गरेको यसवर्षको मतदाता नामावली अनुसार दुई लाख ४३ हजार ८८४ जना छन् । आयोगकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाका अनुसार कोञ्ज्योसोममा आठ हजार ५८८ जना, गोदावरीमा ५४ हजार ३९९, बागमतीमा १२ हजार ३२८, महांकालमा नाै हजार १२, महालक्ष्मीमा ३६ हजार ६६७ ललितपुमहानगरमा एक लाख २२ हजार ८९० जना मतदाता छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि यसपटक निर्वाचन…

Read More

काठमाडौं – आइतबारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदैछ। शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि रेल सञ्चालनमा ल्याउने अधिकारीहरूले बताएका छन्। सञ्चालनमा आउने ३५ किलोमिटर रेल खण्ड भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको खण्ड हो। उक्त रेलमार्गका लागि भारत सरकारको ८।७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ। `सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद् गर्नुपर्ने हुन्छ। एसीसहितको डिब्बामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ,´ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक…

Read More

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको हो । नेपालका लागि दिपेन्द सिं ऐरीले विस्फोटक ६६ रनको पारी खेले । उनले ३३ बलदमा ४ छक्का र ३ चौकाको मद्दतले उक्त रन बनाएका थिए । त्यस्तै डेब्यूम्यान मोहम्मद आदिल आलमले ११ बलमा विस्फोटक ३१ रन बनाउँदै नेपालको स्कोर शानदार बनाए । नेपालका लागि कुशल भुर्तेलले १७ रन बनाए भने आशिफ शेखले ३८ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ४१ रन बनाउँदा करण केसी १ रनमा…

Read More

ललितपुर – ललितपुर यातायात कार्यालयबाट १५ जना ‘बिचौलिया’ पक्राउ परेका छन् । यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएकोमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ । उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याएको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं – सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकताबद्ध भएर जाने निर्णय गरेका छन् । आज (बिहिबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । अन्य स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने सक्ने बताउँदै त्यसका लागि सबै दलको संयन्त्र बनाइने बताए । बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने खनालको भनाइ छ ।

Read More

काठमाडौं – सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवा गरेको हो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा एआईजीमा बढुवा गर्न सिफारिस गरे पनि त्यस विरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले बढुवा समितिले गरेको सिफारिसलाई बुधबार सदर गरेको थियो ।

Read More

काठमाडौं –  सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुगेको बताएका छन् । बिहीबार  रिपोर्टस् क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा उनले  सञ्चारमाध्यममा आएजस्तो श्रीलंकाको अवस्थामा नेपाल नपुगेको बताएका हुन् । “मेरो अध्ययनमा अहिले त्यहाँसम्मको स्थितिमा नेपाल होइन । श्रीलंकाले जे समस्या भोगेको छ, कागज किन्न नसकेर परीक्षा नै गर्न नसकेको अवस्था सिर्जना भएको छ । त्यो ठाउँमा नेपाल होइन,” उनले भने । नेपालमा विविध कारणले समस्या भएको र सम्हाल्न सक्ने अवस्थामा रहेको उनले उल्लेख गरे । “अर्थतन्त्र गम्भीर स्थितिमा छ । तरलता र अभावको समस्या झेलेको छ । बैंक, निजी क्षेत्र,…

Read More

काठमाडौं – काठमाडौंको मैतीदेवीस्थित सेतो पुल नजिकै सालनालसहितको नवजात शिशुको शव मृत अवस्थामा फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए । नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्दै उनले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताए ।

Read More