Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल छिन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदै छ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग जिज्ञासा राखेपछि उनले यो अभिब्यक्ति दिएका हुन् । प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको उनले बताएका छन् । ‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालेमलबाट गर्ने भन्ने छलफल चलिरहेको छ ।…

Read More

गलेश्वर – उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीले बताएका छन् । भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन । भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो)बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले…

Read More

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ स् ३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

Read More

पोखरा – पोखरा उच्च अदालतमा पल शाहले दिएको निवेदनउपर आज (बुधबार) सुनुवाई हुने भएको छ । उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासमा सुनुवाई हुने जनाइएको छ । यसअघि शाहविरुद्ध तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मंगलबार जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाहले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिएको पल पक्षका…

Read More

सप्तरी – नेपाल पत्रकार महासंघ  जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासंघको स्थापना दिवस मनाएको छ । महासंघको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो । पत्रकार महासंघ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासङ्घका जिल्ला अध्यक्ष श्रवण देव लगायतले रक्तदान गरे । यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशङ्कर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र…

Read More

रुस – टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किभ र चेर्नीहिभ क्षेत्रमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेको छ। रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताएका छन्। यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताएका छन्। तर त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किभले विश्वास गर्नेमा उनको जोड छ। पश्चिमा नेताहरूले पनि रुसको प्रतिबद्धताहरूमाथि शङ्का व्यक्त गरेका छन्। अमेरिकाले रुसको कुरामा अझै विश्वस्त हुन बाँकी नै रहेको बताएको छ भने…

Read More

तेह्रथुम – जिल्ला प्रशासन कार्यालय तेह्रथुमले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  सार्वजानिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएकाे हाे । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैतभित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरिएकाे छ । गृहमन्त्री बालकृष्ण खाणकाे अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही हुने…

Read More

काठमाडौं – इजरायलमा फेरि अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ। तेल अभिभमा मङ्गलवार गोली काण्ड भएको हो। हप्ता दिनभित्र इजरायलमा तेस्रो पटक अन्धाधुन्ध गोली काण्ड भएको हो। अति–रूढिवादी यहुदीहरूको बसोबास रहेको तेल अभिभको बेनी ब्राकमा गोली काण्ड भएको हो। जहाँ प्रहरीले प्रहार गरेको गोली लागेर ५ बन्दुकधारीको मृत्यु भएको छ। यसअघि इजरायली अरब समूहले मङ्गलवार र आइतबार गरेको आक्रमणबाट ६ जनाको ज्यान गएको थियो। बन्दुकधारीले आफ्नो अटोमेटिक हतियार निकालेर सर्वसाधारणमाथि गोली हानेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि तेल अभिभको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Read More

काठमाडौं-त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ।शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो। पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ। नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ। पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो। तालिकामा दुबै टोलीको दुई अंक छ।

Read More

काठमाडौं-निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ। चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो। विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अंकको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको चुनावसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ। निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत…

Read More