Author: महेन्द्रनगर पोष्ट

बझाङ बझाङमा गएराति भएको जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको मृत्यु भएको छ । सभापति बोहराको अवस्था भने सामान्य प्रहरीले जनाएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते भएका थिए । जीपमा सभापति बोहरा परिवार सवार थिए । दुर्घटनामा जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका– २ की १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव…

Read More

अछाम- अछामका तीन स्थानीय तहमा गठबन्धनले गरेको निर्णय काँग्रेसले अस्वीकार गरेको छ । सत्ता गठबन्धनले स्थानीय तहमा गरेको तालमेलको सहमति साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका हुन् । पार्टीको नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेको काँग्रेस अछामले जनाएको छ । काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने काँग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरले बताए । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए । तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृत समेत खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको आयोगले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्तिपत्र दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यही वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने र अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले निर्वाचन सम्बन्धी काम गर्ने आयोगले जनाएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकिएको जनाएको छ।

Read More

काठमाडौं- नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जसले गर्दा आज पन देशको पहाडी भेगमा वर्षाको सम्भावना देखिएको छ । आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज विहानैदेखि चर्को घाम लागेको छ ।

Read More

कास्की- सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य राजेशकुमार…

Read More

सिन्धुली- बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पु¥याएको उहाँले बताउनुभयो । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।…

Read More

कैलाली- कैलालीको गेटामा एकजना मृत फेला फेला परेका छन्। शनिबार जिल्लाको गोदावरी नगरपालिका ५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका वडा नम्बर ४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डेको मृत्यु भएको हो । उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

बझाङ- बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो । दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुघटनामा तीन जना घाइते भएका छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२ः ४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र…

Read More

कर्णाली- स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले १० वटै जिल्लामा सिट बाँडफाँटबारे गहन छलफल भइरहेको बताउनुभयो । “जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्ष आएको अवस्था छैन्”, उहाँले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै…

Read More

वाशिंगटन- जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ। वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ।युक्रेनमा हतियार प्रणालीले ‘अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,’ अल्जाजीराले रिपोर्ट गरेको छ। ‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ,’ नोटमा भनिएको छ। उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश…

Read More