Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नंको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ । मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ । पक्राउ परेका धामीमाथि प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ । रासस

Read More

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आज आयोजना गरेको परिमार्जित पूर्वप्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँगको अन्तक्रियामा उहाँले अनिवार्यरूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले सेवाग्राहीहरूलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक हुने भएकाले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाइने बताउनुभयो । अभिमुखीकरण तालीम प्रदायक संस्थाहरूलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने उहाँको भनाइ छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको अभावले…

Read More

कैलाली- जिल्ला सुरक्षा समिति कैलालीले आइतबार मोहन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिकाका विभिन्न मतदान स्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको छ । जिल्लामा रहेका सबै सुरक्षा निकायका प्रमुख सम्मिलित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले मतदान स्थलमा सुरक्षा संवेदनशिलता, निर्वाचनको समयमा अपनाउनु पर्ने सुरक्षा नीति, मतदाता, उम्मेदार र पतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्यन गरेको हो । सुरक्षा संवेदनशिलताका आधारमा कुन मतदान स्थलमा कति सुरक्षाककर्मी परिचालन गर्ने भन्ने विषयमा जिल्लाका विभिन्न स्थानमा अनुगमन भइहेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । जिल्लाको सबैभन्दा सुरक्षा संवेदनशिल र जटीलता मोहन्याल गाउँपालिकामा रहेको उनले बताए । उनले मतदानपछि मतपेटीका समयमै संकलन गर्न…

Read More

काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको महासचिवम डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित हुनुभएको छ । उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन हुनुभएको छ । महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौँमा भएको थियो । सङ्घमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् । रासस

Read More

काठमाडौ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको समाधान खोजिने बताएका छन् । पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुलचोकमा कुराकानी गर्दै मन्त्री बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका हुन् । उद्योगी, व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको भन्दै मन्त्री बडूले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने आग्रह गरे ।

Read More

काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा गुणस्तरीय शिक्षाको विषयलााई प्राथमिकता दिन आग्रह गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘राजनीतिक दलको घोषणापत्रमा शिक्षा’ विषयक कार्यक्रममा बालबालिका तथा शिक्षा अधिकारमा क्रियाशील ६५ वटा विभिन्न सङ्घसंस्थाहरूका प्रतिनिधिहरूले राजनीतिक दललाई शिक्षालाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गरिएको हो । कार्यक्रममा आएका विभिन्न सहभागीहरूका सुझावलाई लिपीबद्ध गरी प्रत्येक राजनीतिक दलका पार्टी कार्यालयमा पु¥याइने जनाइएको छ । विगत पाँच वर्ष अघिको निर्वाचनमा राजनीतिक दलहरूका घोषणापत्रमा भएको राष्ट्रिय शिक्षा नीतिको परिमार्जन र युवालाई रोजगारमुखी सीपमूलक तालिममा गत पाँच वर्षको अवधिमा केही प्रगति भएता पनि शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, शतप्रतिशत साक्षरता हासिल…

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसकोतर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसहमत चयन भएका छन् । नगरपालिकाका बर्तमान मेयर धामी पुनः मेयर पदका लागि सर्वसम्मत चयन भएको कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ। आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा शैल्यशिखरका विभिन्न वडाहरुमा कांग्रेसले सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको कांग्रेस शैल्यशिखरले जनाएको छ।

Read More

काठमाडौं- राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ। आइतबार काठमाडौंमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरेका हुन् । सांकेतिक विरोध प्रदर्शनका क्रममा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको हो। ‘मुलुक भयावह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेको भन्दै गभर्नरलाई निलम्बन गर्ने काम अपराध हो,’ अध्यक्ष पौडेलले भने, ‘यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैले यसका मुख्य अभियुक्त रहेका अर्थमन्त्री ई पदमुक्त मात्र होइन, जेल सजाय नै…

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकामा आधारभूत विद्यालयले लिने परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै विद्यालयमा तालाबन्दी गरिएको छ । चैत्र २२ गतेदखि गाउँपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै परीक्षा केन्द्र तोकिएकै एक विद्यालयले प्रश्नपत्र लिक गरेको पाइएको हो । ४ विद्यालयको परीक्षा केन्द्र तोकिएको वडा नम्बर ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयले विज्ञान विषयको प्रश्न पत्र लिक गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाको शिक्षा शाखा अधिकृत सिद्धराज भट्टको कार्यकक्षमा तयार पारिएको विज्ञान विषयको प्रस्नपत्र लिक भएको पाइएको सिकलपट्टीका वैजनाथ माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक नवराज जोशीले बताए । २१ गते साँझ नै ३० विद्यार्थीहरूलाई प्रश्नपत्र आउट गरेको पाइएको उनले बताए ।…

Read More

काठमाडौँ – चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव व्यहोरिरहेको श्रीलंकाको उर्जा मन्त्रालयले गृह राज्य मन्त्रालयलाई पेट्रोल पम्पहरुमा हुने इन्धन वितरणको निगरानी गर्न आग्रह गरेको छ । सबै जिल्ला तथा प्रान्तीय कार्यालयहरूलाई इन्धन वितरणको निगरानी गर्नका लागि निर्देशन दिन गृह राज्य मन्त्रालयललाई आग्रह गरिएको हो । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररले जनाएअनुसार हाल मुलुकमा विदेशी मुद्राको संकट रहेपनि विदेशबाट आवश्यक इन्धन आपूर्ति गरिएको छ । सीमित परिमाणमा इन्धन आयात गरिएका कारण यसको वितरणमा सहजिकरणका लागि उर्जा मन्त्रालयले यस्तो निर्देशन दिएको बताइएको छ । सीमित इन्धनलाई उचित व्यवस्थापनसहित मुलुकको अर्थव्यवस्थाका अत्यावश्यक गतिविधिमा मात्र प्रयोग गर्न आग्रह गरिएको डेली मिररले जनाएको छ…

Read More