Author: महेन्द्रनगर पोष्ट

काठमाडाैँ- रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चैत्र २७ गतेदेखि जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गर्ने भएको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने छ । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख…

Read More

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने काम तीव्ररूपमा अगाडी बढाएको छ। नेपाली सेनाको निगरानीमा बिहीबार मेसिनको परीक्षण गरिएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए। बिहीबार नेपाली सेना, आयोगका कर्मचारीको निगरानीमा मतपत्र छाप्ने मेसिनको परीक्षण गरिएको उनले बताए। आज मतपत्रको छपाइ परीक्षण गरिनेछ। बिहीबार मेसिन परीक्षणका लागि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालगायत आयोगका पदाधिकारी जनक शिक्षा पुगेका थिए। नेपाली सेनाको उपस्थितिमा मेसिनको परीक्षण गरिएको थियो। मेसिनको परीक्षण सफल भएपछि आज नुमना मतपत्र छापिने छ। आजै आयोगको बैठक बसेर कहिलेबाट मतपत्र छाप्ने भन्ने निर्णय गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। जनक…

Read More

काठमाडौँ– सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका निर्देशक नमराज घिमिरेका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेका कारण सार्वजनिक यातायातको भाडा बढाइएको हो। व्यवसायीले केही सयमयता भाडा बृद्धि गर्न सरकारमाथि दबाब दिँदै आएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने प्रणालीको विकास गरिने विभागले जनाएको छ। विभिन्न रुटमा बढेको भाडादर र बढेको भाडा लागू…

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०५ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको विनिमय दर कस्तो ?

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहितको जम्बो टोली भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस। जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ…

Read More

पाल्पा – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुनपर्ने बताएका छन् । उनले देशलाई सधैँ हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए। पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताए। उनले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जननिर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए। नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो। नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा…

Read More

डोटी – माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर डोटीमा  आज (बिहीवार) एक किशोरको ज्यान गएको छ । ज्यान गुमाउनेमा केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विक रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिए । आज बिहान घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनकाे उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

कास्की – पोखरामा यही चैत २३ गतेदेखि २५ गतेसम्म २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ, ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले आज बिहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्याराग्लाइडिङको एक्युरेसी विधातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतिस्पर्धाअन्तर्गत ल्यान्डिङ ओभरअलको पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ५०, ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने…

Read More

दार्चुला – स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलहरूमा कसलाई उम्मेद्वार बनाउने भन्ने बारेमा रस्साकस्सी सुरु हुन थालेको छ । निर्वाचनका लागि मनोनयन गर्न अब करीब एक महिना मात्र बाँकी छ । गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका कार्यक्रमहरु गाउँ केन्द्रित हुन थालेका छन् । दार्चुलाका सबै स्थानियतहमा राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ । अब चुनाव आउन करिब ४३ दिन मात्र बाकीँ छन् , जिल्लाको ९ वटै पालिकामा कुन दलले बाजी मार्छ भन्ने होटेल, पसलमा होटबाजी चल्न थालेको छ । यसपटक कुन दलले बाजी मार्छ भन्नेमा चासो सबैमा छ । सबै राजनितिक दलहरुमा मयेर देखी…

Read More

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका नवनियुक्त अध्यक्ष दिपक राज जोशीले पदभार ग्रहण गरेका छन् । जोशीले बुधबार अस्पतालमा पदभार ग्रहण गरेका हुन् । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जोशीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा चैत्र ३ गते सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई नियुतm गरेको थियो । जोशीले अस्पताललाई जिल्लाकै नमूना अस्पताल बनाउन आफू तल्लीन रहेने प्रतिबद्धता व्यक्त पनि गरेका छन । उनले भने, ‘समस्यालाई सल्टाउँदै चुनौतीलाई अवसरको रुपमा लिएर यो अस्पताललाइ जिल्लाकै उत्कृष्ट अस्पताल बनाउन लाग्ने छु । उनले अस्पताल प्रशासन, नगरवासी र जिल्ला र प्रदेशको सल्लाह लिएर अघि बढ्ने बताए । नेकपा माउवादी केन्द्रका…

Read More