Author: महेन्द्रनगर पोष्ट

नवलपुर – नेपाल आदिवासी जनजाति महासंघ नेपालको हिजो देखि सुरु भएको १०औं महाधिवेशनमा पैसा र राजनितिक चलखेलका कारण आज विहानै ८ बजे देखि सुरु हुने भनिएको बन्दसत्र अहिले सम्म सुचारु हुन सकेको छैन । चक्रिय प्रणाली अनुरुप अध्यक्षको दावेदार गोविन्द छन्तायल भए पनि नेकपा एमाले र नेपाली कांग्रेस प्रति आस्था राख्ने आदिवासी नेताहरुकोको घिनलाग्दो प्रतिस्पर्धाका कारण अधिवेशनको माहोल बडो आलोचित बन्दै गएको छ । आदिवासी जनजातिहरुका हक अधिकारका निम्ती स्थापीत संस्थाको अधिवेशनमा राजनितिक प्यानल र पैसाको चरम चलखेल भएको देखेर अधिवेशनका प्रतिनिधी पर्यवेक्षकहरुनै अचम्मित भएकाछन । अधिवेशनमा सहभागिहरु भन्छन् यो महासंघको अधिवेशन हो? वा स्थानीय, प्रदेश वा प्रतिनिधि सभाको ?…

Read More

कैलाली – नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् । नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन्। उनले भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्ला मात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’ नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक…

Read More

काठमाडौं – सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज (बिहीबार) बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्‍याउँछ ।’ बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न…

Read More

स्याङ्जा – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।’ वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा…

Read More

भक्तपुर – भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । हिजो बुधबार ११०० रुपैयाँले घटेको सुनको मूल्य आज बिहिबार पुनः ११०० रुपैयाँले नै बढेको छ । बुधबार प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर प्रतितोला १ लाख ३०० रुपैंयामा कारोवार हुने सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंयामा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १ हजार ३७५ रुपैंयामा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैंया रहेको छ । काठमाडौं – नेपाली बजारमा बुधबार पहेलो धातु सुनको…

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको छ । गत फागुन ३० गतेदेखि मंगलवारसम्म मन्त्री श्रेष्ठ नेतृत्वमा भएको संयुक्त अरब इमिरेट्स (युएई), सेसेल्स र कतारको भ्रमण मुलुकका निम्ति निकै फलदायी भएको मन्त्री श्रेष्ठले बताए । भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे गन्तव्य मुलुकका मन्त्री र सरकारी अधिकारीहरुसँग भएको द्विपक्षीय छलफल दीर्घकालीन महत्त्वको रहेको बताए । संयुक्त अरब इमिरेट्स (युएई)मा पर्यटन भिसामा पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका विषयमा त्यहाँका मानव संशाधनमन्त्री अब्दुल रहमान अव्दुलमानन अल अवारसँग छलफल गरेका थिए । उक्त अवसरमा…

Read More

दाङ – जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्माण गरेको आचारसंहिता अव्यवहारिक भएको बताएका छन् । समय सुहाउँदो आचार संहिता लागू गर्नुपर्ने भन्दै राजनीतिक दलका प्रमुखहरूले आयोगले सार्वजनिक गरेको आचारसंहिता अव्यवहारिक र अवैज्ञानिक रहेको बताएका हुन् । निर्वाचन आयोग र कानुन समाजको आयोजनामा दाङको घोराहीमा भएको ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा जिल्लाका सरोकारवालाले यस्तो बताएका हुन् ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक…

Read More

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।’ नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका…

Read More