Author: महेन्द्रनगर पोष्ट

मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। हिजो भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। उनले लेटाङ नगरपालिकाको वडा नं ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरङ्गी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको जानकारी दिए। हिजो लेटाङ नगरपालिका वडा नं ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब ३ दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका थिए।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको बताएका छन्।  ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुनेसमेत बताएका छन्। सन्देशमार्फत उनले जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मानसमेत व्यक्त गरेका छन्। आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २१ मा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइन्छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ। साथै, संयुक्त…

Read More

कञ्चनपुर- पत्रकार खेम भण्डारीले भीमदत्त नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी निवेदन दिएका छन्।आफू स्वयं आयोगको महेन्द्रनगर कार्यालयमा उपस्थित भण्डारीले उजुरी दर्ता गराएका हुन्। नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दावीसहित भण्डारीले आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दर्ता गरेका हुन्। उजुरी दर्ता गराएपछि भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा १० पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपिआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दावी गरिएको छ। नगरपालिकाले वडा नं १९ को कालीखोला पुल–२, वडा नं ९ का क्रमशः कामीकाटे खोला पुल र गताडी खोला पुल,…

Read More

काठमाडौं-नेपाल कम्ययुनिष्ट पार्टी (एमाले) ले पोलिट्ब्यूरो बैठक बोलाएको छ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सोमवार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा आसन्न स्थानीय निर्वनचनको तयारीबारे छलफल हुने उनले जानकारी दिए। त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे पनि छलफल हुने रिजालको भनाइ छ। ९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के के हुने ? उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए।।एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्ने यसअघिनै बताएको छ।

Read More

काठमाडौं-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। सोमवार राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली…

Read More

महेन्द्रनगर- भीमदत्त नगरपालिका–१२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन्। पारिवारिक समस्याले दैनिक गुजारा चलाउन सकस हुन थालेपछि विगत चार वर्षदेखि नदीको बगरमा श्रम गरिरकी उनले दुई वर्ष भने कोरोना महामारीका कारण काम गर्न नपाएको बताइन्। ‘श्रीमान् सहचालकको काममा हुनुहुन्छ, म चाहिं दुई नाबालक छोरा आमालाई हेरचाह गर्न लगाएर बालुवा र गिट्टी छान्न यहाँ आउँछु’ जानकीले भनिन्, ‘यस्तो गर्मीमा बगरमा कष्टपूर्ण काम गर्ने कसलाई रहर हुन्छ र बाध्यताले यहाँ आएको हूँ।’ उनले बगरको कमाइले छोराहरुका लागि कापी, कलमका साथै दैनिक रासन किन्ने गरेको बताइन्। जानकी जस्तै यहाँ…

Read More

काठमाडौं -बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आज प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उक्त चेक नसाटिएपछि मुद्दा परेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ।

Read More

काठमाडौं-जग्गा वैना गरी रु ४५ लाख तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ। काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजिनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको पाइएको छ। भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गाप्रति आना २१ लाखका दरले मूल्य तय गरी विभिन्न बैंकको चेकबाट पटकपटक गरी रु ४५ लाख ५० हजार लिएर सम्पर्क विहीन भएपछि महिलाले आफू ठगीमा परेको थाहा पाएको प्रहरीले जनाएको छ। रकम ठगी गर्ने कार्यमा संलग्न अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३…

Read More

कैलाली-धनगढी उपमहानगरपालिका मेयर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले अपांगता भएका व्यक्तिहरुका समस्या समाधानका लागि पछि नहटेको बताएका छन्। युएसएडको आर्थिक सहयोग, फेज नेपाल र स्वावलम्बन जीवन पद्धती केन्द्र ललितपुरको समन्वयमा स्वावलम्बन जीवन पद्धती केन्द्र कैलालीको आयोजनामा सहायक सामाग्री तथा आयआर्जनका लागि किराना सामान तथा सिलाई मेसिन वितरण कार्यक्रममा नगर प्रमुख वडले सो बताएका हुन्। कोभिडले प्रत्यक्ष असर गरेकाले नगरमा सोचे जस्तो कार्य नभए पनि भौतिक संरचना, सडक र अन्य कार्य भने भएको बताए। तपाईहरुका समस्या समाधानका लागि दातृ निकायसँग सहयोगका लागि आग्रह गरेका छौं, नगर प्रमुख वडले भने,‘अपांगता भएका व्यक्तिहरुका लागि उपमहानगरपालिकाले एक सय वटा ह्वयर चियर…

Read More

काठमाडौँ-नेपाल राष्ट्र बैङ्कका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ। बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकालको बैङ्क सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टलाई नियमन विभागको जिम्मेवारी दिइएको छ। बैङ्क सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैङ्कहरूको मात्रै सुपरिवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैङ्क तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार छ।

Read More