Author: महेन्द्रनगर पोष्ट

दार्चुला-मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले भारतले महाकाली नदीको बहाव नेपालतिर फर्काउने गरी तटबन्ध गरिरहेको प्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो देशको सीमाना विस्तार गर्ने र नेपालको सीमामा बनाइएको तटबन्धमा क्षति पुर्याई सदरमुकाम लगायत नेपाली भूमि नै डुबाउने उद्देश्यले यस्तो कार्य गरिन लागिएको जनाउँदै सो कार्य तत्काल रोक्नका लागि दबाव दिन नेपाल सरकारसँग माग गरेको छ। दार्चुलाका स्थानीय जनताले बरु भारतको बलमिच्याईविरुद्ध ढुङ्गामुडा प्रहार गरेर प्रतिवाद गर्ने गरेका छन् तर नेपाल सरकार कानमा तेल हालेर बसेको छ। तुइन काटेर जयसिंह धामी बेपत्ता पारियो र भारतको सीमा सुरक्षा बलबाट पटक पटक नेपाली नागरिकले ज्यादति भोग्नुपरेको छ। तर…

Read More

दार्चुला-जिल्लाको मार्मा गाउँपालिकामा अगामी चैत्र २७ गते देखि गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षा संञ्चालन हुने भएको छ। शुक्रबार गाउँपालिका स्तरीय उतिर्ण परीक्षा समितिको बैठकले चैत्र २७ गते आइतबार देखि २०७९ साल बैशाख ७ गते सम्म गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षा संञ्चालन गर्ने निर्णय गरेको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले जानकारी दिए।शिक्षा शाखा प्रमुख जोशीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिकाका सामुदायिक विद्यालयमा परिक्षा संञ्चालन गर्ने गरी तयारी गर्ने पनि भनिएको छ। गाउँपालिकाको शिक्षा समितिले मार्फत नै प्रश्न पत्र तयार गरेर पालिका भित्र रहेका १२ वटा सामुदायीक विद्यालयमा…

Read More

दार्चुला-सुदूरपश्चिम कानून समाज काठमाडौंले यही चैत्र १९ गत्ते हुने नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको निर्वाचनमा उमेद्धवार दिएका समाजका सदस्यहरुलाई सहयोग गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष अधिवक्ता प्रताप ठकुराठीको अध्यक्षतमा केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बसेको वैठकले सो निर्णय गरेको हो।समाज सुदूरपश्चिमेली कानून व्यवसायीहरुको हकहितमा काम गर्ने संस्था भएकोले निर्वाचनमा संस्थाका सदस्यहरुलाई विवाद रहित ढंगले आवश्यक सहयोग गर्ने निर्णय गरिएको’ संस्थाका महासचिव अधिवक्ता दीपक राज जोशीले बताए। ‘सहयोग भन्नाले अन्य सहयोग होइन भोट दिएर सहयोग गर्ने भन्ने हो, संस्थाका सदस्यहरुले मागेको बेला सहयोग गर्नु संस्थाको दायित्व पनि हो’, महासचिव जोशीले भने। बारको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उमेद्धारी दिएका…

Read More

काठमाडौँ- बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। नाबालिग बलात्कारको विषयलाई तोडमोड गरेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका जोशीमाथि घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लागेको छ। पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। जोशीले पीडित बालिकालाई डर–धम्की देखाएको, दुर्व्यवहार गर्न खोजेको र सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ। तनहुँ प्रहरीका अनुसार पल शाह पक्राउ परेपछि जोशीले विभिन्न युट्युब च्यानलमार्फत अभिव्यक्ति दिँदै आएका थिए।

Read More

काठमाडौ-  सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो। त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने, औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

Read More

कैलाली-नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले प्रदेशमा काँग्रेसको मुख्यमन्त्री बनाउन आफू सभापतिको पदमा आएको बताएका छन्। नेपाली काँग्रेस कैलालीको नव निर्मित बिपी स्मृति भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। आम जनताले आफू अब मुख्यमन्त्री बन्न आएको होला भन्ने बुझाइ भए पनि आफू नभई काँग्रेसको मुख्यमन्त्री बनाउन आएको बताए। ‘प्रदेशको सभापति हुने इच्छा थिएन मेरो’, उनले भने, ‘तर कहानी लाग्दो प्रदेशको जुन काँग्रेसको अवस्था भयो। यहाँ मान्छेलाई के लाग्ला मुख्यमन्त्री। म मुख्यमन्त्री नभई यहाँ काँग्रेसको मुख्यमन्त्री बनाउन आएको हुँ। म आफू मुख्यमन्त्री बन्न आएको होइन।’

Read More

काठमाडौं – साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुईदिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने भएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् । नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हु्न् । देउवाले भने, एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो ।…

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन्। पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ। अमेरिकाबाटै इमेल आउँछ। केपी ओलीको सरकार ढाल्नु नै थियो। नढाली भएको थिएन, किन? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो।’ संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए। ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिवन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् । उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ । उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।

Read More