Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा हुँदै छ। आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन्। अन्य केही पदमा पनि निर्विरोध चयन भइसकेको बताइएको छ। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ। महाधिवेशनमा देशभरबाट दुई हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन्।

Read More

काठमाडौं- बुधवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भूभागमा सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। त्यस्तै, बुधवार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने…

Read More

धनगढी – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । आजको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्‍यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ नेपाल पुलिस क्लबका रवीन चन्द घोषित भए । दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३-१ को सेटले पराजित गरेको छ । गण्डकीले २५-२० र २५-१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९-२५ ले…

Read More

अछाम- अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन । जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने क्रममा भालुको आक्रमण बाट घाइते भएका हुन। उनको टाउको र खुट्टामा सामान्य चोट लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Read More

कैलाली-कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ६ घर भएकी आशा कुमारी चौधरी मंगलवार विहानै ७ बजे नास्ता नखाएर जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा पुगिन्। उमेरले आशा कुमारी चौधरी १९ बर्षकी भईन्। उनी कुनै अन्य कामले भने हाईन् बसको २५० रुपैयाँ भाडा तिरेर स्थानीय तहको निर्वाचनका लागि सरकारले खुल्ला गरेको म्यादी प्रहरीको फाराम भर्न पुगेकी हुन्। उनी विहानै जिल्ला प्रहरी कार्यालय पुगे पनि आवेदन फाराम भने विहान १० बजे लाईनमा लागेर पाईन्। तर जिल्ला प्रहरी कार्यालय कैलालीको परिसर भित्र गईन्। फाराम बुझाउने पालो भने दिउसो साढे तीन बजे मात्र आयो। दिनभर खाना नखाएर भोक भोकै फाराम बुझाउनेहरु आशा मात्रै नभएर अन्य…

Read More

काठमाडौँ- लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल प्रशासन सेवा सहसचिव तर्फको नतिजा प्रकाशित गरेको हो। सहसचिवमा उत्तीर्ण हुनेहरूमा खुल्ला तर्फ सुरेश पन्थी र प्रदीप परियार रहेका छन् भने अपाङ्गतर्फ श्यामकृष्ण थापा, महिला तर्फ कल्पना श्रेष्ठ र मधेसीतर्फ सुरेश राउत रहेका छन्। २०७८ पुस ४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धातर्फ दुई, महिला एक, मधेसी १ र अपाङ्ग गरी ५ पद माग गरिएकोमा अन्तर्वार्ताका लागि खुल्लातर्फ ४, महिलातर्फ ७, मधेसी ३…

Read More

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन्। मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले दाङ्ग, घोराहीस्थित श्री नं.१९ बाहिनी अड्‍डा, बझाङ्गस्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् । भ्रमणको दौरान उनले बाहिनी अड्‍डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गरि अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरेका थिए।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश गरेकी छन्। मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Read More

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७’को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । त्यस्तै नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

Read More

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिए। प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्।’’ प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गरेका थिए। उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति…

Read More