Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – दरबारमार्गस्थित एउटा बिजुली पसलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्। उनको आज दिउँसो १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएको बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो।

Read More

काठमाडौँ– सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए । यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई…

Read More

काठमाडौं – पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रिय सभा विघटनलाई अनुमोदन गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिसलाई स्वीकार गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद् भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए । राष्ट्रियसभामा आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका थिए । आइतबार उक्त प्रस्तावमा मतदान हुनुअघि संसद्का उपसभामुख कासिम सुरीले यसलाई असंवैधानिक भन्दै खारेज गरेका थिए…

Read More

दार्चुला – सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गरेकी छन्। उनी नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको दुर्गम अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे बताइएको छ । उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले सारथी खबरलाई जानकारी दिनु भएको छ । अनुगमनका क्रममा म्याद नाघेका मिठाई, गुँद पाप्पड, जुस, सुपारी, सुजी मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको बताइएको छ । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री…

Read More

काठमाडौं – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरेका छन् । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपालबाट तीर्थयात्रामा यहाँ जानेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । ३५ कोठा रहने उक्त भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

Read More

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नभएकाले अनावश्यक सञ्चिती नगर्न उपभोक्तालाई आग्रह गरेको छ । दुई दिन पेट्रोल ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भए पनि साँझसम्म सबै स्थानमा तेल पुग्ने निगमले जनाएको छ । देशभरका डिपोबाट ढुवानी शुरु भएको र सजिलै पेट्रोलियम पदार्थ पाइने भएकाले उपभोक्तालाई लाइनमा बसेर पेट्रोलियम पदार्थ भर्नुपर्ने अवस्था नभएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए । पेट्रोलिय पदार्थ ढुवानी व्यवसायीहरुले शुक्रबार र शनिबार ढुवानीमा अवरोध गर्दा केही समस्या देखिए पनि विवाद समाधान भएको हो । शनिबार बेलुका नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थ ढुवानीको अवरोध खुलिसकेको…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाको अनुसार आईतबार काठमाडौंको कम भिजिबिलिटी र धुम्म मौसमका कारण आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या भएको छ । मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिए। गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान –अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Read More

काठमाडौं – जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य-कला महोत्सव’को आयोजना हुन लागेको छ । मैथिली विकास कोषको आयोजनामा यही चैत २३ देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए । कोषका अध्यक्ष चौधरीले महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रहने जानकारी दिए । आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकार सहभागी हुने जनाएको छ । महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने कार्यक्रम समेत रहेको…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली दुताबासमा चुच्चे नकसा हटाएर बुच्चे नक्सा राखिएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले सो अभिब्यक्ति दिएका हुन् । ओलीले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’ प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाउँदै हटाइ्नुको कारण सोधेका छन् । आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।’ प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले…

Read More

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए । देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए । समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्रहितको विषयमा मिलेर…

Read More